काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश नदिने भएको छ।
साउन ८ मा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।
पुनर्बीमा व्यवसाय तथा सञ्चालन निर्देशिका २०७१ को दफा १२ मा पुनर्बीमकले आफ्नो व्यवसाय गर्दा बचत भएको रकम कम्तीमा पाँच वर्षसम्म मुनाफाको रूपमा बाँडफाँट नगरी अनिवार्य जगेडा कोषमा राख्नुपर्ने व्यवस्था छ।
निर्देशिकाअनुसार पुनर्बीमा कम्पनीले शेयरधनीहरूलाई नगद लाभांश तथा बोनस शेयर नदिने निर्णय सञ्चालक समितिले गरेको जानकारी कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई जानकारी गराएको छ।
नेपाल पुनर्बीमा कम्पनी २०७१ कात्तिकमा दर्ता भएर सञ्चालनमा आएको थियो। आगामी वर्षदेखि भने उक्त कम्पनीले मुनाफा आफ्ना शेयरधनीलाई बाँड्न पाउँछ।
" /> काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश नदिने भएको छ।साउन ८ मा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।

">