काठमाडौं। काठमाडौंको दरबारमार्गसँग धेरैखाले परिचय छन्। पूर्व राजाको निवास (नारायणहिटी दरबार) अगाडिको सफा लामो बाटो, बाटोको दुवै किनारमा हरिया रुख, अनि फुटपाथको किनारमा ठडिएका ठूल्ठूला भवनभित्रका होटल, रेष्टुरेन्ट र विभिन्न ब्राण्डका पसलहरू।

त्यसो त दरबारमार्ग धेरै विविधतायुक्त ठाउँ हो। कफीको चुस्कीसँग गफिनेदेखि रस्कीको पेगसँगै ठूल्ठूला लेनदेन र चलखेल हुने ठाउँ पनि हो, दरबारमार्ग। विभिन्न व्यावसायिक प्रतिष्ठानदेखि महंगा सपिङ मल, कफी स्टेसनदेखि लक्जरी रेष्टुरेन्टसम्मले दरबारमार्गको परिचयलाई थप फराकिलो पारेको छ। त्यसैले त हुनेखानेका लागि दरबारमार्ग ह्याङ आउट गर्नेसँगै सपिङका लागि पनि चलेको गन्तव्य बनेको छ। अनि चलेका छन्, त्यहाँका ब्राण्डेड व्यावसाय।

“अहिले यस्ता कुरा सबै अतित भइसकेका छन्। कोरोना भाइरसको महामारीका कारण अहिले चहलपहल पहिलाजस्तो छैन। व्यापार निक्कै नै कम छ,” स्पोर्टस वेयर एसिक्सकी मार्केटिङ डिरेक्टर निर्वाणा क्षेत्री भन्छिन्, “एकदम कम ग्राहक आउँछन्। आएकाले पनि खरिदमा मन खुलाएको कमैमात्र पाइन्छ।”

अघिल्ला वर्षहरूमा यतिबेला दरबारमार्गका पसलमा स्वदेशी तथा विदेशीको भीडभाड बाक्लै हुन्थ्यो। तर, हिजोआज सुनसान छ। ग्राहकले सकेसम्म सस्ता पहिरन रोज्ने र त्यसमा पनि डिस्काउण्ट माग्ने गरेको सबै पसलका साझा अनुभव हुन्। त्यसैले पनि कोरोना महामारीपछि खुलेको दरबारमार्गमा यतिबेला नयाँ डिजाइनका पहिरन भन्दा पुरानैको बर्चस्व छ।

चैतदेखि लागू भएको लकडाउन ७ साउनबाट औपचारिक रूपमै खुल्यो। त्यसपछि दरबारमार्गको ब्राण्ड बजार पनि खुला भयो। तर, चलहपहल भर्खर शुरू हुन थालेको छ। कोरोनाको प्रभाव ग्राहकमामात्र नभई समग्र व्यावसायमा नै परेको छ। व्यावसायीहरूले पनि यसपालीका लागि नयाँ डिजाइनका जुत्ता–कपडा खासै ल्याउन पाएका छैनन्। त्यसैले लामो समयको लकडाउनमा घरभित्र थुनिएका पारखी पुरुषहरूले यसपाली नयाँ डिजाइनका फेसनवेयर पाउने छैनन्।

“लकडाउन र अन्तर्राष्ट्रिय मोबिलिटी बन्द भएका कारण नयाँ डिजाइनका सामान ल्याउन सकिएको छैन। पुरानै स्टक क्लियर गर्नुपर्ने पनि छ,” व्यावसायीहरू भन्छन्। सामान्यतया पुरूषका पहिरनमा महिलाको जस्तो चाँडोचाँडो नयाँ डिजाइन आउँदैनन्। त्यसैले पुरानै डिजाइन पनि आउटडेटेड भइहाल्दैनन्। जसको फाइदा भने व्यावसायीलाई रहन्छ।

दरबारमार्गस्थित स्पोर्टस ब्राण्ड पुमाका स्टल म्यानेजर पियुस मानन्धर अहिले पुरानै स्टक सामानहरू बिक्री भइरहेको बताउँछन्। “पुरुषहरूको फेसन चाँडो चाँडो अपडेट भइरहन्न। ब्राण्डेड कपडामा केही चेन्ज भएर आउँछ,” मानन्धरले भने, “अहिले पहिला नै ल्याइसकेका सामान बिक्री भइरहेका छन्। नयाँ त आउने कुरा भएन्। अब दशैं तिहारको समयमा आउन सक्छन्।”

दरबारमार्गस्थित एसिक्सकी मार्केटिङ डाइरेक्टर निर्भाणा क्षेत्रीले पनि आफ्ना ब्राण्डहरूमा यसपाली अहिलेसम्म नयाँ डिजाइन आइनसकेको बताइन्।लकडाउन अघि नै ल्याइएको सामान नै बिक्री भइरहेको भन्दै उनले भनिन्, “अहिले स्पोर्टसवेयर बढी बिक्री हुन्छ। स्पोर्टसवेयर लगाउन सजिलो र शरीरमा आकर्षक देखिने भएकाले बढी मानिसहरूको रोजाइमा स्पोर्टी डिजाइन पर्ने गरेका छन्।”

महामारीका कारण सुस्तायो व्यापार

लकडाउन खुलेर बजार सामान्य देखिए पनि कोरोना भाइरसको महामारीले थिलथिलो पारेको अर्थतन्त्रको असर दरबारमार्गका व्यापारीमा पनि चर्को रूपमा परेको छ। लामो समय बन्द गरेका पसल खुले पनि अपेक्षित व्यापार नहुँदा समस्या थपिएको उनीहरू बताउँछन्।

व्यापार व्यवसाय खुलेपछि अहिले पसलहरूमा काठमाडौं उपत्यकाका मात्रै ग्राहकहरू आउने गरेका छन्। “उपत्यका बाहिरका ग्राहक आउन सकिरहेका छैनन्। उपत्यकाभित्रका ग्राहक पनि पहिलाको तुलनामा एकदमै कम आउँछन्,” क्षेत्री भन्छिन्, “त्यसले व्यापारमा स्वभाविक असर गरिरहेको छ।”

तीज, दशैं तिहार जस्ता चाडपर्व नजिकिदैं गर्दा महिलाका लागि नयाँ डिजाइनका कपडा पनि बजारमा आउन सकेका छैन्। पुरानै स्टक नै विक्री भइरहेको व्यापारीहरूको भनाइ छ।

" /> काठमाडौं। काठमाडौंको दरबारमार्गसँग धेरैखाले परिचय छन्। पूर्व राजाको निवास (नारायणहिटी दरबार) अगाडिको सफा लामो बाटो, बाटोको दुवै किनारमा हरिया रुख, अनि फुटपाथको किनारमा ठडिएका ठूल्ठूला भवनभित्रका होटल, रेष्टुरेन्ट र विभिन्न ब्राण्डका पसलहरू।

"> कोरोना महामारीमा पुरुष फेसन : पुरानैको बर्चस्व: Dekhapadhi
कोरोना महामारीमा पुरुष फेसन : पुरानैको बर्चस्व

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्