काठमाडौं। छोटो भिडिओको लागि लोकप्रिय चिनियाँ कम्पनीको एप्लिकेसन प्लेटफर्म ‘टिकटक’ले अब आफ्ना प्रयोगकर्तालाई पैसा दिने भएको छ।
भिडिओ बनाएर पोस्ट गर्नेलाई पैसा दिने गरी कोष खडा गरेको टिकटकले विज्ञप्ति प्रकाशन गरेर बताएको छ। ‘टिकटक क्रिएटर फण्ड’ भनेर २०० मिलियन अमेरिकी डलर (करिब २४ अर्ब रूपैयाँ)को कोष बनाएको टिकटकले बताएको छ।
अहिले भने टिकटकमा लाइभ र ब्राण्डसँग संस्थागतरूपमा आवद्ध भएकाहरूले मात्रै टिकटकबाट पैसा पाउँदै आएका छन्। अब भने सामान्य प्रयोगकर्तालाई पनि पैसा दिन लागिएको हो।
छोटो भिडिओ बनाउँदा प्रयोगकर्तालाई रचनात्मक भिडिओ सामग्री बनाउन प्रोत्साहन मिल्ने टिकटकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यो स्किमका लागि टिकटक प्रयोगकर्ताको उमेर भने १८ वर्ष पूरा गरेको हुुनुपर्ने भनिएको छ।
टिकटकबाट पैसा पाउनको लागि प्रयोगकर्ता आफैंले तयार गरेको ओरिजिनल भिडिओ हुनुपर्छ।
सन् २०२० को अन्तिमतिरबाट प्रयोगकर्ताले पैसा पाउन थाल्ने र त्यसका लागि आगामी महिनाबाट परीक्षणको रूपमा काम सुरू हुने कम्पनीले बताएको छ। तर, यसका लागि कति प्रयोगकर्ता सहभागी हुन पाउने भन्ने विज्ञप्तिमा खुलाइएको छैन।
प्रयोगकर्तालाई भिडिओ बनाएबापत् पैसा दिन थालेपछि रचनात्मक भिडिओ बन्ने र गुणस्तर भिडिओको अपेक्षा गर्ने ग्राहक पनि सन्तुष्ट हुन सक्ने टिकटकले बताएको छ। युवाहरूमाझ लोकप्रियता कायम राख्नको लागि टिकटकले पैसा दिने योजना ल्याएको हो।
छोटो र मनोरञ्जनपूर्ण भिडिओको लागि टिकटक छोटो समयमा नै विश्वभर लोकप्रिय एप्लिकेसन हो।
भारत र चीनबीच राजनीतिक रस्साकस्सी चर्किएपछि भारतमा पनि टिकटकलाई प्रतिबन्ध लगाइएको छ।
अमेरिकामा पनि आइटी कम्पनी अमेजनले आफ्ना कर्मचारीलाई डिभाइसबाट टिकटक हटाउने भनेको थियो। तर, पछि भूलवश कर्मचारीहरूमा इमेल गएको भन्दै टिकटकप्रति नकारात्मक दृष्टिकोण नरहेको बताएको थियो।
" /> काठमाडौं। छोटो भिडिओको लागि लोकप्रिय चिनियाँ कम्पनीको एप्लिकेसन प्लेटफर्म ‘टिकटक’ले अब आफ्ना प्रयोगकर्तालाई पैसा दिने भएको छ।भिडिओ बनाएर पोस्ट गर्नेलाई पैसा दिने गरी कोष खडा गरेको टिकटकले विज्ञप्ति प्रकाशन गरेर बताएको छ। ‘टिकटक क्रिएटर फण्ड’ भनेर २०० मिलियन अमेरिकी डलर (करिब २४ अर्ब रूपैयाँ)को कोष बनाएको टिकटकले बताएको छ।

">