काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेर प्रतितोला एक लाख रुपैयाँ नजिक पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको मूल्यअनुसार आज सुनको प्रतितोला मूल्य ९७ हजार ५०० रुपैयाँ पुगेको छ।
हिजो प्रतितोला ९६ हजार ३०० रुपैयाँ तोकिएको थियो। तर, आज प्रतितोला एक हजार २०० रुपैयाँले बढेको छ।
योसँगै नेपाली बजारमा सुनको भाउले किर्तिमान कायम गरेको छ। अब सुनको मूल्य प्रतितोला एक लाख पुग्न दुई हजार ५०० रूपैयाँ मात्र बाँकी छ।
यही रफ्तारमा मूल्य बढ्दै गए अबको केही दिनमा प्रतितोला एक लाख पुग्ने निश्चित छ।
यस्तै, तेजाबी सुनको मूल्य ९७ हजार ६० रूपैयाँ कायम भएको महासंघले जनाएको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेर प्रतितोला एक हजार २१० रुपैयाँ पुगेको छ।
" /> काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेर प्रतितोला एक लाख रुपैयाँ नजिक पुगेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको मूल्यअनुसार आज सुनको प्रतितोला मूल्य ९७ हजार ५०० रुपैयाँ पुगेको छ।

">