रुकुम (पश्चिम)। गत आर्थिक वर्ष २०७६/७७ मा रुकुमपश्चिमका आधामात्र स्थानीय तहले राजश्वको लक्ष्य पूरा गरेका छन्। जिल्लामा जम्मा ६ वटा स्थानीय तह रहेकामा तीनवटा स्थानीय तहमात्र राजश्वको लक्ष्य पूरा गर्न सफल भएका हुन्।
स्थानीय तह स्थापना भएको शुरूका वर्षदेखि नै लक्ष्यानुसारको राजश्व सङ्कलन गरिरहेको आठबीसकोट नगरपालिकाले बितेको आर्थिक वर्षमा पनि लक्ष्यभन्दा बढी राजश्व उठाएको छ। नगरपालिकाले बितेको वर्ष तीन करोड ५० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा तीन करोड ६८ लाख ४९ हजार ५६८ राजश्व सङ्कलन गरेको छ।
शुरूका वर्षदेखि नै राजश्व सङ्कलनलाई कडाइका साथ लिएको र बर्सेनी राजश्वको लक्ष्य बढाउँदै लगेको र हरेक वर्ष लक्ष्य पूरा भइरहेको नगरप्रमुख गोर्खबहादुर केसीले बताए। कुनै सेवा लिएपछि अनिवार्य राज्यलाई राजश्व तिर्नुपर्छ भन्ने चेतना विकास गर्नाका साथै राजश्वको दरभन्दा दायरालाई फराकिलो पारिएको उनको भनाइ छ।
झण्डै ५० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको जिल्लाको त्रिवेणी गाउँपालिकाले ६३ लाख ८५ हजार ८३४ राजश्व उठाएको छ। लक्ष्यभन्दा २७.७१ प्रतिशत बढी राजश्व सङ्कलन गर्न सफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रावलले बताए।
आठबीसकोट र त्रिवेणीले गत वर्षकै जति आन्तरिक राजश्व अनुमान गरेका छन्। बाँफिकोट गाउँपालिकाले पनि लक्ष्यभन्दा बढी राजश्व उठाएको छ। वार्षिक आन्तरिक राजश्व अनुमान २० रहेकामा लक्ष्यभन्दा ७४.८ प्रतिशत बढी अर्थात् ३४ लाख ९६ हजार राजश्व सङ्कलन गरेको छ। गाउँपालिकाले यो वर्ष बढाएर ३५ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङले बताए।
गत वर्ष राजश्वको लक्ष्य पूरा गर्न नसक्ने स्थानीय तहमा मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका रहेका छन्। जिल्लामै सबैभन्दा बढी चार करोड राजश्वको लक्ष्य लिएको चौरजहारी नगरपालिकामा लक्ष्यको आधाभन्दा पनि कम एक करोड ८० लाखमात्र राजश्व उठेको छ।
नगरपालिकाको आन्तरिक स्रोतभन्दा बढी राजश्व प्रक्षेपण गरिएका कारण त्योअनुसार राजश्व सङ्कलन हुन नसकेको नगरपालिकाले जनाएको छ। यो वर्ष भने घटाएर राजश्वको लक्ष्य दुई करोड पुर्याइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए। रासस
" /> रुकुम (पश्चिम)। गत आर्थिक वर्ष २०७६/७७ मा रुकुमपश्चिमका आधामात्र स्थानीय तहले राजश्वको लक्ष्य पूरा गरेका छन्। जिल्लामा जम्मा ६ वटा स्थानीय तह रहेकामा तीनवटा स्थानीय तहमात्र राजश्वको लक्ष्य पूरा गर्न सफल भएका हुन्।स्थानीय तह स्थापना भएको शुरूका वर्षदेखि नै लक्ष्यानुसारको राजश्व सङ्कलन गरिरहेको आठबीसकोट नगरपालिकाले बितेको आर्थिक वर्षमा पनि लक्ष्यभन्दा बढी राजश्व उठाएको छ। नगरपालिकाले बितेको वर्ष तीन करोड ५० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा तीन करोड ६८ लाख ४९ हजार ५६८ राजश्व सङ्कलन गरेको छ।

">