काठमाडौं। आर्थिक वर्ष २०७६/७७ मा भएको वैदेशिक व्यापारका सबै सूचक ऋणात्मक अवस्थामा देखिएका छन्। भन्सार विभागले सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार कूल व्यापारमा निर्यातको हिस्सा बाहेक सबै सूचक ऋणात्मक देखिएका हुन्। नेपालको आयात, निर्यात, व्यापार घाटा, कूल वैदेशिक व्यापार र आयात/निर्यात अनुपात जस्ता वैदेशिक व्यापार सूचक ऋणात्मक अवस्थामा छन्।
आर्थिक वर्ष सकिन चार महिना बाँकी रहँदा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गर्यो।लकडाउन भएपछि निर्यातदेखि आयातसम्म प्रभावित बन्दा नेपालको कूल वैदेशिक व्यापार नै खुम्चिएको विभागले बताएको छ।जसले नेपालको वैदेशिक व्यापारको सबै सूचक ओरालो गतिमा देखिएको हो।
घट्यो आयात
नेपालले आर्थिक वर्ष २०७६/७७ मा ११ खर्ब ९६ अर्ब रूपैयाँको आयात गरेको छ, जुन अघिल्लो वर्षको भन्दा १५ दशमलव ६३ प्रतिशतले कम हो। आर्थिक वर्ष २०७५/७६ मा १४ खर्ब १८ अर्बको आयात गरेको थियो। तर, गत वर्ष २ खर्ब २२ अर्बले आयात घटेको छ।
गत वर्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापार घाटा न्यूनिकरण कार्ययोजना नै ल्याएर आयात घटाउने रणानीति अपनाएको थियो। व्यापार घाटा न्यूनिकरण कार्ययोजना अन्तर्गत सफ्ट पेयपदार्थको आयात रोक्ने निर्णय गरिएको थियो। यस्तै, अर्थमन्त्रालयले पनि विलासी वस्तुको आयात कम गर्ने लक्ष्यसहित त्यस्ता वस्तुको आयातलाई निरुत्साहित गर्ने योजना बनाएको थियो।
बढेन निर्यात
गत आर्थिक वर्षको शुरूआती महीनाको निर्यात रफ्तार हेर्दा नेपालले अघिल्लो वर्षको भन्दा बढी रकमको निर्यात गर्ने देखिन्थ्यो। पाम तेलको आयातसँगै निर्यात बढेपछि नेपालको निर्यातको ग्राफ ह्वात्तै उकालो लागेको थियो। पाम तेलसँगै अन्य वस्तुको निर्यात पनि उकालो लाग्न थालेपछि अघिल्लो वर्षको कूल निर्यात ९७ अर्ब १० करोडको लक्ष्य नाघ्ने पक्कापक्की थियो।
तर, भारतले नेपालसहित अन्य मुलुकबाट आउने पाम तेलको आयातमा रोक लगाइदियो। र, चैतदेखि घोषणा गरिएको लकडाउनले निर्यात लगभग शून्यमै झर्यो । फलस्वरूप गत वर्ष नेपालको कूल निर्यात ९६ अर्ब १५ करोड रूपैयाँमा सीमित बन्यो। जुन, अघिल्लो वर्षको तुलनामा झण्डै १ प्रतिशतको गिरावट हो।
व्यापार घाटा सुधारियो
गत वर्ष नेपालले वैदेशिक व्यापारमा ब्यहोर्ने घाटाको परिमाण पनि घटेको छ। विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष १६ दशमलव ७१ प्रतिशतले व्यापार घाटा खुम्चिएको छ। आव २०७५/७६ मा नेपालले १३ खर्ब २१ अर्ब रूपैयाँको व्यापार घाटा ब्यहोरेको थियो। तर, गत वर्ष व्यापार घाटा खुम्चिएर ११ खर्ब रूपैयाँमा सीमित बनेको छ।
खासगरी, नेपालको आयात घट्दा त्यसको प्रत्यक्ष प्रभाव व्यापार घाटामा परेको छ। निर्यात नबढेपनि आयात घट्दा व्यापार घाटाको सूचक सुधारिएको हो।
वैदेशिक व्यापार खुम्चियो
नेपालको निर्यात र आयात घट्दा त्यसको प्रत्यक्ष प्रभाव कूल वैदेशिक व्यापारमा देखिएको छ। नेपालको आयातसँगै नेपालले गर्ने निर्यात पनि ऋणात्मक बन्दा नेपालको कूल वैदेशिक व्यापार नै ओरालो लागेको छ। अघिल्लो वर्ष १५ खर्ब १५ अर्ब रूपैयाँको कूल वैदेशिक व्यापार भएको थियो। तर, यो वर्ष १४ दशमलव ६९ प्रतिशतले घटेर १२ खर्ब ९२ अर्ब रूपैयाँमा आएको छ।
अन्य सूचक पनि ओरालो
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको अन्य सूचक पनि ओरालो छन्। आयात/निर्यात अनुपात र कूल व्यापारमा आयात प्रतिशत समेत घटेको छ। यद्यपि, कूल व्यापारमा निर्यातको प्रतिशत भने उकालो लागेको छ। तथ्यांकमा आयात/निर्यात अनुपात १४ दशमलव ८० प्रतिशतले घटेको छ।
अघिल्लो वर्ष १४.६१ मा रहेको आयात/निर्यात अनुपात घटेर १२.४५ मा आइपुगेको छ। यस्तै, नेपालको कूल व्यापारमा आयात प्रतिशत १ प्रतिशतले घटेर ९२.५६ मा आएको छ। यद्यपि, विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्यात प्रतिशत भने १६ प्रतिशतले सुधारिएको छ।
विवरण २०७५/७६ (आ.व.) २०७६/७७ (आ.व) परिवर्तन (प्रतिशत)
आयात १४ खर्ब १८ अर्ब ११ खर्ब ९६ अर्ब -१५.६३
निर्यात ९७ अर्ब १० करोड ९६ अर्ब १५ करोड -०.९८
व्यापार घाटा १३ खर्ब २१ अर्ब ११ खर्ब -१६.७१
वैदेशिक व्यापार १५ खर्ब १५ अर्ब १२ खर्ब ९२ अर्ब -१४.६९
आयात/निर्यात अनुपात १४.६१ १२.४५ -१४.८०
निर्यात हिस्सा (व्यापारमा) ६.४१ ७.४४ १६.०७
आयात हिस्सा (व्यापारमा) ९३.५९ ९२.५६ -१.१०