काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो एक हप्ताको अवधिमा तरकारीको मूल्य आकाशिएको छ।
सर्वसाधारणको भान्सामा दैनिक उपयोग हुने तरकारीको मूल्य १६० प्रतिशतसम्म बढेको हो। यसबाट यहाँका उपभोक्ता प्रत्यक्ष मारमा परेका छन्।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक हप्ताको अवधिमा प्रायः सबैजसो हरियो तरकारीको मूल्य बढेका छन्।
समितिले राखेको एक हप्ताको मूल्यसूची तुलना गर्दा गोलभेडा सानो (टनेल) को मूल्य सबैभन्दा बढी १६० प्रतिशतले बढेको पाइएको छ। गत सोमबार (साउन ५ गते) २० रूपैयाँ प्रतिकेजी रहेको गोलभेडा (टनेल)को मूल्य आज (साउन १२) मा ५२ रूपैयाँ प्रतिकेजी पुगेको छ। आजको मूल्य गत सोमबारको तुलनामा प्रतिकेजी ३२ रूपैयाँ (१६० प्रतिशत)ले बढी हो।
मुलुकभर लगातार वर्षा भएसँगै बाढीपहिरोका कारण काठमाडौं उपत्यका भित्रिने राजमार्गहरू अवरूद्ध बनेका कारण तरकारीको मूल्यवृद्धि भएको व्यवसायी बताउँछन्।
यसैगरी, गोलभेडा सानोको मूल्य पनि एक हप्तामा प्रतिकिलो २३ रूपैयाँले बढेको छ। गत सोमबार १५ रूपैयाँ प्रतिकेजी रहेको गोलभेडाको मूल्य आज ३८ रूपैयाँ पुगेको हो, जुन १५३.३३ प्रतिशतले बढी हो।
सुकेको चाइनिज लसुनको मूल्य पनि ११३ प्रतिशतले बढेको छ। गत सोमबार ११५ रूपैयाँ प्रतिकेजीमा कारोबार भएको लसुनको मूल्य आज २४५ प्रतिकेजी पुगेको छ। एक हप्ताको अवधिमा सुकेको लसुन एक किलोमै १३० रूपैयाँले महँगो बनेको छ।
घिरौला र बोडी (तने) को मूल्य समान १०४.१७ प्रतिशतले बढेको छ। गत सोमबार ४८ रूपैयाँ प्रतिकेजी रहेको यी दुवैको मूल्य आज ५० रूपैयाँले बढेर प्रतिकिलो ९८ रूपैयाँ पुगेको हो।
गत सोमबारको तुलनामा आज भिण्डी ८३.३३, घिउ सिमी ७८.१८, बन्दा ५५.५६, काँक्रो ५०, तिते करेला ४५.४५, झिगुनी ४१.८२ तथा स्कुस ४१.८२ प्रतिशत महँगोमा बिक्री भइरहेको समितिले जनाएको छ।
यसैगरी, यही अवधिमा गान्टे मुला, रायो, पालुङ तथा चमसूरका सागमा ३६.३६ प्रतिशत र आलु रातोमा २७.७८ प्रतिशतले मूल्यवृद्धि भएको तुलनात्मक मूल्यसूचीमा पाइएको छ। यीबाहेक अन्य तरकारीको मूल्यसमेत बढेका छन्।
मुलुकभर लगातार वर्षा भएसँगै बाढीपहिरोका कारण काठमाडौं उपत्यका भित्रिने राजमार्गहरू अवरूद्ध बनेका कारण तरकारीको मूल्यवृद्धि भएको व्यवसायी बताउँछन्। विशेषगरी पृथ्वी राजमार्गअन्तर्गत नारायणगढ-मुग्लिन-नौबिसे सडकखण्ड पहिरोका कारण अवरूद्ध भएको थिए। जसले गर्दा उपत्यकामा तरकारी ढुवानी हुन नसकेको बताइएको छ।
कुन तरकारीको मूल्य कतिले बढ्यो ?
(कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाे मूल्यसूचीमा आधारित।)
" /> काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो एक हप्ताको अवधिमा तरकारीको मूल्य आकाशिएको छ।सर्वसाधारणको भान्सामा दैनिक उपयोग हुने तरकारीको मूल्य १६० प्रतिशतसम्म बढेको हो। यसबाट यहाँका उपभोक्ता प्रत्यक्ष मारमा परेका छन्।

">