कास्की। तोकिएको मितिभन्दा ६ महीनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोभिड–१९ का कारणले प्रभावित बनेको छ। सन् २०२१ जुलाई १० को ‘डेडलाइन’ भन्दा अघि नै सम्पन्न गर्ने गरी विगत वर्षमा भौतिक प्रगति भए पनि यस वर्ष कोरोनाका कारणले काम प्रभावित भएपछि निर्धारित मितिभित्रमा सम्पन्न गर्ने नयाँ लक्ष्य राखिएको छ।
लकडाउनमा विमानस्थलको काम नरोकिए पनि पूर्ण जनशक्ति र क्षमताका साथ काम नहुँदा ६ महीनाअगावै काम सक्ने लक्ष्य हासिल हुन नसक्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ। विगतमा ५०० हाराहारीमा नेपाली तथा चिनियाँ कामदार विमानस्थल निर्माणमा खटिने गरेकामा हाल चिनियाँ २४४ तथा नेपाली १०० मजदुरले मात्र काम गरिरहेका छन्।
आयोजनामा आउनुपर्ने २०० चिनियाँ कामदार हवाई उडान बन्द हुँदा आउन नसकेको र लामो समय निर्माण सामग्री सीमानाकामा रोकिएका कारणले समेत आयोजना प्रभावित भएको आयोजना प्रमुख विनेश मुनंकर्मीले बताए। “आयोजना ६ महिना अघि सम्पन्न गर्ने योजनाअनुसार विगतमा लक्ष्यभन्दा बढी काम भएको थियो, यस वर्ष जनवरीदेखि नै काम प्रभावित बन्यो”, उनले भने, “कोभिडले ६ महीना असर गरिसक्यो, अझ एक/दुई महीना गर्ने देखिएको छ, तर अहिलेसम्मको कामको सेडुअलअनुसार तोकिएकै समयभित्र सम्पन्न गर्न सक्छौँ।”
भारतको कोलकतामा रोकिएका आयोजनाका सामग्री आइसकेको तथा विशेषज्ञ कामदारसमेत चीनबाट आउने तयारीमा रहेकाले दुई सिफ्टमा काम गर्ने योजना बनाइएको छ। उपकरण जडानले आयोजनाको थप २५ देखि ३० प्रतिशत भौतिक प्रगति ओगट्ने भएको र जडानमा बढी समय खर्चिनुनपर्ने भएकाले समेत आयोजना समयमै पूरा हुनेछ।
चिनियाँ कम्पनी सिएएमसी इञ्जीनियरिङले २०७४ असारदेखि विमानस्थलको काम शुरू गरेकामा हालसम्म आयोजनाको ६२ प्रतिशत काम सकिएको छ। २२ अर्ब लागतमा विमानस्थल निर्माणका लागि सन् २०१४ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र सिएएमसीबीच ठेक्का सम्झौता भएको थियो। विमानस्थलका लागि चीनको एक्जिम बैंकले सहुलियत ऋण उपलब्ध गराएको छ। कृष्ण दवाडी/रासस
" /> कास्की। तोकिएको मितिभन्दा ६ महीनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोभिड–१९ का कारणले प्रभावित बनेको छ। सन् २०२१ जुलाई १० को ‘डेडलाइन’ भन्दा अघि नै सम्पन्न गर्ने गरी विगत वर्षमा भौतिक प्रगति भए पनि यस वर्ष कोरोनाका कारणले काम प्रभावित भएपछि निर्धारित मितिभित्रमा सम्पन्न गर्ने नयाँ लक्ष्य राखिएको छ।लकडाउनमा विमानस्थलको काम नरोकिए पनि पूर्ण जनशक्ति र क्षमताका साथ काम नहुँदा ६ महीनाअगावै काम सक्ने लक्ष्य हासिल हुन नसक्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ। विगतमा ५०० हाराहारीमा नेपाली तथा चिनियाँ कामदार विमानस्थल निर्माणमा खटिने गरेकामा हाल चिनियाँ २४४ तथा नेपाली १०० मजदुरले मात्र काम गरिरहेका छन्।

">