पोखरा। लामो समयको बन्दाबन्दीपछि साउन १५ देखि पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको तयारीमा जुटेका छन्। सरकारले साउन १५ देखि होटल सञ्चालनको अनुमति दिएसँगै पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको आन्तरिक तयारीमा जुटेको पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ।
सङ्घका अध्यक्ष विकल तुलाचनले भने, “अहिले हामी होटल सञ्चालनको आन्तरिक कार्यमा जुटेका छौँ, लामो समयको बन्दले होटलको आन्तरिक मर्मतसम्भार, सरसफाइ, कर्मचारी व्यवस्थापनको पक्ष अहिलेको प्राथमिकतामा राखेर होटल सञ्चालनको पूर्वतयारीमा जुटेका छौँ।”
पोखरामा करिब ७०० पर्यटकीय होटल रहेका छन्, तीमध्ये सङ्घमा आवद्ध ४०० होटल रहेको उनले जानकारी दिए।
अहिले ‘अफ सिजन’ भएकाले अक्टोबर नोभेम्बर पर्यटकीय मौसमका लागि कसरी अगाडि बढ्ने र पर्यटकलाई कसरी भित्र्याउने भन्ने रणनीति पनि तय गरिने।
उनले भने, “सङ्घ मातहतका सबै होटललाई सञ्चालनको पूर्वतयारीमा जुट्न भनेका छौँ, यसैबीचमा हालै आएको मौद्रिक नीति र त्यसको कार्यान्वयनको पक्षमा पनि हाम्रो ध्यान जानेछ। मानसिक रूपमा तयारी छौँ, आर्थिक समस्या समाधानको खोजी पनि अहिले गर्नेछौँ।”
उनले अहिले ‘अफ सिजन’ भएकाले अक्टोबर नोभेम्बर पर्यटकीय मौसमका लागि कसरी अगाडि बढ्ने र पर्यटकलाई कसरी भित्र्याउने भन्ने रणनीति पनि तय गरिने बताए।
पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराईले साउन १५ गतेदेखि होटल सञ्चालन भन्दा पनि सञ्चालनको पूर्वतयारीमा जुट्ने बताए। “कोभिड-१९ को प्रभावले लामो समयसम्म बन्द होटल रेष्टुरेन्ट सञ्चालनमा आउन अझै दुई वर्ष समय लाग्छ, अहिले आन्तरिक व्यवस्थापनको कार्य हुनेछ,” उनले भने।
उनले पहिलो चरणमा आन्तरिक व्यवस्थापन, दोस्रो चरणमा मौद्रिक नीति कार्यान्वयन र तेस्रो चरणमा सरोकारवालासँग बसेर आन्तरिक र बाह्य पर्यटकलाई कसरी सुरक्षित तरिकाले भित्र्याउने र पर्यटन प्रवर्द्धनलगायतका विषयमा केन्द्रित रहने बताए। उनले अन्तर्राष्ट्रिय अभ्यास हेरेर नेपाल सरकारले पनि पर्यटकका लागि मापदण्ड बनाएर पर्यटनमैत्री वातावरणका लागि पहल थाल्नुपर्ने बताए।
उनले भने, “नेपाल भ्रमण वर्षलाई लक्षित गरेर खर्बौंको लगानी यस क्षेत्रमा भएको छ। अब विकल्पको खोजी भएन र व्यवसायी आर्थिक र मानसिक रूपमा विचलित हुन पुग्नेछ, पर्यटन यस क्षेत्रको समृद्धिको आधार हो। तसर्थ व्यवसाय जोगाउनु तीनै तहका सरकारको उत्तिकै दायित्व हो। यसतर्फ सरकारले चासो दिएर मौद्रिक नीतिको पूर्णपालना गर्दै पर्यटक मैत्री वातावरण बनाउनुपर्छ।”
उपाध्यक्ष भट्टराईका अनुसार पोखरामा होटल तथा रिर्सोट ७०० रहेको त्यसमा आफ्नो लगानी ५० अर्ब र बैंकको लगानी ७५ अर्ब रहेको छ भने १२ हजार २९८ ले रोजगारी पाएका छन्। त्यसैगरी रेष्टुरेन्ट तथा बारमा एक अर्ब आफ्नो लगानी र तीन अर्ब बैंकको लगानी रहेको छ भने एक हजार ५०० ले रोजगारी पाएका छन्।
पोखराका साना तथा मझौला व्यवसायीको ६५ प्रतिशत योगदान रहेकाले उल्लेख गर्दै व्यवसायीलाई बचाउन न्यून ब्याजदर पाँच प्रतिशत भन्दा कम बिना धितो व्यवसाय सञ्चालन कर्जा दुई वर्षसम्म उपलब्ध गराउने बजेट तथा नीति व्यवस्था गर्न परिषद्ले महानगरसँग आग्रह गरेको बताए।
नेपाल पर्यटन बोर्डका पूर्वसदस्य एवं पर्यटन व्यवसायी अग्नि कँडेलले सधैँभरि बन्दाबन्दी समस्याको स्थायी समाधान नभएकाले अब सुरक्षाको विधि पालना गरेर पर्यटन क्षेत्र चलायमान गराउनुपर्ने बताए।
उनले भने, “अब विकल्प छैन, पर्यटन क्षेत्रको खर्बौंको लगानी डुब्दैछ, अब कोभिड-१९ को जोखिमबाट जोगिन स्वास्थ्य सतर्कता पूर्णरूपमा अपनाएर अघि बढ्नुपर्छ, लामो समयको बन्दाबन्दीले धेरैलाई ‘मोनोटोनस’ बनाएकाले आन्तरिक र बाह्य पर्यटक ‘रिफ्रेसमेन्ट’को लागि घुम्न लालायित छन्। सरकारले सुरक्षाका प्रत्याभूति दिनुपर्छ।”
उनले अन्तर्राष्ट्रिय विमानस्थलबाटै नेपालमा कोभिड-१९ बाट जोगिन उच्च सतर्कताको प्रत्याभूतिको सन्देश दिन सोहीअनुरूपको हवाई सेवा सञ्चालन कार्यविधि तयार गर्नुपर्ने बताए। रासस
" /> पोखरा। लामो समयको बन्दाबन्दीपछि साउन १५ देखि पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको तयारीमा जुटेका छन्। सरकारले साउन १५ देखि होटल सञ्चालनको अनुमति दिएसँगै पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको आन्तरिक तयारीमा जुटेको पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ।सङ्घका अध्यक्ष विकल तुलाचनले भने, “अहिले हामी होटल सञ्चालनको आन्तरिक कार्यमा जुटेका छौँ, लामो समयको बन्दले होटलको आन्तरिक मर्मतसम्भार, सरसफाइ, कर्मचारी व्यवस्थापनको पक्ष अहिलेको प्राथमिकतामा राखेर होटल सञ्चालनको पूर्वतयारीमा जुटेका छौँ।”

">