काठमाडौं। अब पोस्टपेड मोबाइलमा दुई प्रतिशत कर थपिएको छ।
सरकारले आर्थिक ऐन २०७६ बाट पोस्टपेड मोबाइलमा टेलिफोन स्वामित्व शुल्कबापत् दुई प्रतिशत असुल गर्ने व्यवस्था गरेको छ।
सोही कानूनी व्यवस्था अनुसार साउन १ गतेबाट लागू हुने गरी नेपाल टेलिकमले पोस्टपेड सिमकार्डको रिचार्जमा दुई प्रतिशत स्वामित्व शुल्क लिन थालेको हो।
आर्थिक ऐनको व्यवस्था अनुसार पोस्टपेड मोबाइलको सिमकार्ड खरिद गर्दा र रिचार्ज गर्दा दुई प्रतिशत स्वामित्व शुल्क तिर्नुपर्ने नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताए।
“अग्रिम भुक्तानी हुने मोबाइल टेलिफोनको हकमा प्रत्येक सिमकार्ड र रिचार्ज कार्डको मूल्यमा दुई प्रतिशतका दरले टेलिफोन स्वामित्व शुल्क लाग्नेछ”, आर्थिक ऐनमा उल्लेख छ।
त्यसैगरी, टेलिफोन जडान गर्ने ग्राहकबाट टेलिफोन स्वामित्व शुल्क बापत् पाँच सय रूपैयाँ असुल गर्ने आर्थिक ऐनमा उल्लेख छ। टेलिफोनको स्वामित्व परिवर्तन भएमा टेलिफोनको स्वामित्व प्राप्त गर्ने व्यक्तिबाट समेत त्यस्तो शुल्क असुल गरिने ऐनको व्यवस्था छ।
अहिले नेपालमा नेपाल टेलिकम र एनसेलले पोस्टपेड सीमकार्ड उपलब्ध गराउँदै आएका छन्।
प्रि-पेड सिमकार्डको रिचार्जमा भने नेपाल टेलिकमले यसअघि नै स्वामित्व शुल्क लिँदै आएको थियो। एक सय रूपैयाँको रिचार्ज गर्दा ग्राहकले ९८ रूपैयाँ मात्रै प्राप्त गर्छन्। दुई रूपैयाँ भने सरकारी राजस्व खातामा जान्छ।
एनसेलले पनि यसअघि नै प्रि-पेड र पोस्टपेड दुवैमा स्वामित्व शुल्क लिँदै आएको एनसेलले बताएको छ।
" /> काठमाडौं। अब पोस्टपेड मोबाइलमा दुई प्रतिशत कर थपिएको छ।सरकारले आर्थिक ऐन २०७६ बाट पोस्टपेड मोबाइलमा टेलिफोन स्वामित्व शुल्कबापत् दुई प्रतिशत असुल गर्ने व्यवस्था गरेको छ।

">