'नेपाललाई घुमन्तेहरूको सस्तो गन्तव्य बन्नबाट जोगाऔं'
काठमाडौं। पदयात्रा र पर्वतारोहणका लागि परिचित नेपाललाई घुमन्तेहरूको सस्तो गन्तव्य बन्नबाट जोगाउनुपर्ने सरोकारवालाले बताएका छन्।

नेपालमा पथ प्रदर्शकबिनै निस्फ्रिकी घुम्ने स्वतन्त्र पर्यटक (एफआइटी)को आगमनबाट मुलुकको अर्थतन्त्रमा कुनै योगदान नपुग्ने उनीहरूको भनाइ छ।

पर्यटन व्यवसायी, ट्रेकिङ गाइड तथा यस क्षेत्रका मजदुरलगायत सम्मिलित ‘दिगो पर्वतीय पर्यटन सञ्जाल’ ले संशोधनको क्रममा रहेको पर्यटन ऐनमा एफआइटीलाई निरूत्साइत गर्न पर्वतीय पर्यटनमा पथ प्रदर्शक (गाइड) अनिवार्य गर्नुपर्ने माग गरेको हो। सञ्जालले आज पत्रकार सम्मेलन गरी ऐनमा समेट्नुपर्ने बुँदाबारे जानकारी दिएको छ।

‘‘नेपाल पदयात्रा र पर्वतारोहणका लागि विश्व विख्यात रहेको तथा पर्वतीय पर्यटन नै देशको पर्यटनको मूल पहिचान रहेको छ। यस क्षेत्रले रोजगारी सिर्जना गर्दै देशको अर्थतन्त्रमा उल्लेख्य टेवा दिने अवस्था रहेको तथ्यलाई नकार्न मिल्दैन,’’ सञ्जालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘‘पर्वतीय पर्यटनमार्फत् रोजगारी सिर्जना गर्नका लागि प्रस्तावित विधेयकमा भनिए जस्तो मन्त्रालयले तोकेको उचाइभन्दा माथि ट्रेकिङ जाँदा एजेन्सीमार्फत पथ प्रदर्शक लिएर जानुपर्ने भन्ने अपूर्ण वा अस्पष्ट व्यवस्था ऐनमा भएमा नेपालमा एफआइटीहरूको आगमन बढी हुने र उनीहरूबाट मुलुकको अर्थतन्त्रमा कुनै योगदान नहुने प्रस्ट छ।’’

उक्त अस्पष्ट प्रावधान ऐनमा राखिए नेपालको पदयात्रा (ट्रेकिङ) व्यवसायी तथा पथ प्रदर्शकहरू विस्थापित हुने सञ्जालको भनाइ छ। ऐनमा ‘सबै संरक्षित क्षेत्रहरू र अन्तर्राष्ट्रिय मान्यताअनुसार लेक लागि पदयात्रीको ज्यान जोखिममा पर्न सक्ने उचाई दुई हजार ५०० मिटरभन्दा माथि पदयात्रा जाँदा सम्बन्धित निकायमा दर्ता भएको ट्रेकिङ एजेन्सीमार्फत् अनिवार्य गाइड लिएर मात्र जानुपर्ने’ स्पष्ट व्यवस्था गर्नुपर्ने माग सञ्जालले अगाडि सारेको छ।

सञ्जालको उक्त सुझाव पर्यटनमन्त्री योगेश भट्टराईलाई सोमबार बुझाइएको सञ्जालका अम्बर तामाङले बताए। उनका अनुसार सञ्जालमा आबद्ध करीब ६ सय पर्यटन व्यवसायी, ट्रेकिङ गाइड तथा मजदुरहरू, ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ, ट्रेकिङ गाइड एसोसियसन नेपाललगायत पर्यटनसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरूसँगको अन्तरक्रियापछि उक्त सुझाव तयार पारेर पर्यटनमन्त्रीलाई बुझाइएको हो।

सञ्जालका जयनाथ भण्डारीले विशुद्ध पर्यटन क्षेत्रको समस्या उठान गरी नीतिगत रूपमा सम्बोधन गराउन सम्बन्धित निकायहरूमा दबाब सिर्जना गर्ने उद्देश्यका साथ सञ्जाल सुरू भएको बताए। उनले पर्यटन क्षेत्रका जायज मुद्दाहरू स्थापित गराउन सञ्जाल निरन्तर क्रियाशील रहने जानकारी दिए।

टानकी महासचिव सरिता लामाले सञ्जालले प्रस्तुत गरेको सुझाव नेपालको पर्यटन क्षेत्रलाई मजबुत बनाउन महत्त्वपूर्ण रहेको बताइन्। टानले यसअघि नै यो विषयलाई आफ्नो सुझावमा समेटेर सम्बन्धित निकायमा पठाइसकेको उनले जानकारी दिइन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्