काठमाडौं। भारतले ठूलो मात्रामा निर्यात व्यापार गर्ने प्रमुख १० देशको सूचीमा नेपाल पनि परेको छ।
इन्डियन ट्रेड पोर्टलले सार्वजनिक गरेको सूचना अनुसार भारतमा उत्पादित वस्तुको व्यापार हुने ठूला बजारहरूमध्ये नेपाल १०औं ठूलो बजार हो।
इन्डियन ट्रेड पोर्टलले भारतमा उत्पादित सामग्री बिक्री हुने प्रमुख २५ ठूला बजारको सूची सार्वजनिक गरेको छ। उक्त सूचीमा नेपाल १० औं स्थानमा छ।
उक्त सूचीका अनुसार भारतले दक्षिण एशियामा गर्ने ब्यापारको लागि नेपाल बंगलादेशपछिको ठूलो बजार हो।
भारतले सबैभन्दा धेरै सामाग्री निर्यात गर्ने प्रमुख देश भने अमेरिका हो। दोस्रोमा संयुक्त अरब इमिरेट्स (यूएई) र तेस्रोमा चीन हो।
भारतीय व्यापारीहरूले नेपाल भारत खुला सिमानाको सदुपयोग गर्न सक्दा नेपाल भारतको १० ठूलो व्यापार गन्तव्य बन्न सकेको अर्थशास्त्री शंकर शर्माले बताए।
त्यसपछि क्रमशः हङकङ, सिङ्गापुर, बेलायत, नेदरल्याण्ड्स, जर्मनी, बङ्गलादेश र नेपाल भारतले सबैभन्दा धेरै सामान निर्यात गर्ने मुलुक हन्।
इन्डीयन ट्रेड पोर्टले दिएको जानकारी अनुसार भारतले दक्षिण एशियामा गर्ने निर्यातमध्ये सबैभन्दा धेरै बंगलादेशलाई निर्यात गर्छ। भारतले दक्षिण एशियामा सबैभन्दा धेरै निर्यात गर्ने मुलुकमा नेपाल दोस्रो स्थानमा छ।
नेपालमा ७ खर्ब बढीको आयात
भारतको १०औं ठूलो बजारको रुपमा रहेको नेपालले गत आर्थिक वर्षमा भारतबाट मात्रै सात खर्ब ३५ अर्ब २९ करोड ४८ लाख १३ हजार रुपैयाँ बराबरको सामान आयात गरेको भन्सार विभागको तथ्यांक छ।
जबकी, नेपालले गत वर्ष विश्वभरबाट कूल ११ खर्ब ९६ अर्ब ७९ करोड रूपैयाँ बराबरको आयात गरेको छ। नेपालले विश्वका कूल १५५ देशसँग व्यापार गर्दै आएको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतबाहेकका देशबाट नेपालमा वार्षिक कूल चार खर्ब ६१ अर्ब रुपैयाँको मात्रै सामान आयात हुन्छ। जुन, नेपालले गर्ने कूल आयातको करिब ४० प्रतिशत मात्र हुन आउँछ।
नेपालमा हुने कूल आयातको ६० प्रतिशत सामान भारतबाट मात्रै आउने भन्सार विभागको तथ्यांक छ। तर, गत वर्ष नेपालबाट भारततर्फ जम्मा ६९ अर्ब ८१ करोड ७ लाख ३२ हजार रूपैयाँको सामान मात्रै निर्यात भएको छ।
जसअनुसार, गत वर्ष नेपालले भारतसँगको व्यापारमा ६ खर्ब ६६ अर्ब २१ करोड ३० लाख ८१ हजार रुपैयाँले घाटा ब्यहोरेको छ।
के आउँछ भारतबाट ?
नेपालले भारतबाट सबैभन्दा धेरै खाद्यान्न, तरकारी, फलफूल र औषधि आयात गर्दै आएको छ। नेपाल आयात गर्ने खाद्यान्न, तरकारी, फलफूल र औषधिको कूल परिमाणमध्ये ९० प्रतिशत भारतबाटै आयात हुने गरेको पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा बताउँछन्। त्यसबाहेक, नेपालले आयात गर्ने सबै इन्धन भारतबाटै आयात हुने गरेको छ।
त्यसबाहेक, मासुजन्य वस्तु, फलाम र स्टील, सवारी साधन, गार्मेन्ट, मेसिनरी लगायतका सामानका लागि नेपाल भारतमै निर्भर छ।

“हामी चीनसँग पनि नजिक छौं। तर, भारतसँग यातायात र सहज भूगोल भएकाले सहजै सामान आयात भइरहेको छ। यस्तो अवस्थालाई हामीले पनि सदुपयोग गर्न सक्नुपर्थ्यो”, शर्माले भने।
" /> काठमाडौं। भारतले ठूलो मात्रामा निर्यात व्यापार गर्ने प्रमुख १० देशको सूचीमा नेपाल पनि परेको छ।इन्डियन ट्रेड पोर्टलले सार्वजनिक गरेको सूचना अनुसार भारतमा उत्पादित वस्तुको व्यापार हुने ठूला बजारहरूमध्ये नेपाल १०औं ठूलो बजार हो।

">