काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वस्तुको प्रत्यक्ष बिक्री तथा वितरणका लागि ७ कम्पनीलाई अनुमति दिएको छ। विभागका निर्देशक रबिन्द्र आचार्यले विभागमा आएको निवेदनका आधारमा ७ कम्पनीलाई प्रत्यक्ष विक्री अनुमति दिइएको बताए।
विभागमा आएको निवेदनका आधारमा १६ असारदेखि असार मसान्तसम्ममा ७ कम्पनीलाई अनुमति दिइएको आचार्यले बताए।विभागले प्रत्यक्ष बिक्री तथा वितरणसम्बन्धी ऐन, २०७४ तथा कार्यविधि २०७६ को आधारमा अनुमति दिएको हो। यस्तै, अन्य ७ कम्पनीलाई बिक्री अनुमति दिने प्रक्रियामा रहेका छन्।
प्रत्यक्ष बिक्री प्रणाली अन्तर्राष्ट्रियस्तरमा सन् १८८३ देखि प्रचलनमा रहेको छ। प्रत्यक्ष बिक्री प्रणालीमा वस्तुको उत्पादकदेखि उपभोक्तासम्म बढीमा दुई तह मात्रै हुन्छ। उक्त प्रणालीले कमिसन बाँडफाँट र वस्तुको विज्ञापन खर्चमा हुने लागत घटाएर त्यसको लाभ उपभोक्ताको दिने क्षमता राख्छ।
कुन-कुन कम्पनीले पाए अनुमति ?
विभागको तथ्यांकअनुसार असार मसान्तसम्म आइबोस ग्लोबल इन्टरनेश्नल, नेचर हर्बस इन्टरनेश्नल, न्यू विवेक इन्टरप्राइजेज र हेल्दी लिभिङ नेपालले अनुमति पाएका छन्। यस्तै, केअर मार्टस इन्टरनेश्नल, काठमाडौं यूर्टन इन्टरनेश्नल र ग्लोबल ओरियन्स नेपालले समेत अनुमति पाएका छन्।
" /> काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वस्तुको प्रत्यक्ष बिक्री तथा वितरणका लागि ७ कम्पनीलाई अनुमति दिएको छ। विभागका निर्देशक रबिन्द्र आचार्यले विभागमा आएको निवेदनका आधारमा ७ कम्पनीलाई प्रत्यक्ष विक्री अनुमति दिइएको बताए।विभागमा आएको निवेदनका आधारमा १६ असारदेखि असार मसान्तसम्ममा ७ कम्पनीलाई अनुमति दिइएको आचार्यले बताए।विभागले प्रत्यक्ष बिक्री तथा वितरणसम्बन्धी ऐन, २०७४ तथा कार्यविधि २०७६ को आधारमा अनुमति दिएको हो। यस्तै, अन्य ७ कम्पनीलाई बिक्री अनुमति दिने प्रक्रियामा रहेका छन्।

">