काठमाडौं। विश्वभर अहिले सर्वाधिक खेलिने भिडिओ गेम हो– पब्जी मोबाइल। तर, यो गेमका कारण मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर पर्ने कारण देखाएर विश्वका केही मुलुकमा यो एपमाथि प्रतिबन्ध लगाइएको छ। नेपालमा पनि २०७६ सालको वैशाखमा काठमाडौं जिल्ला अदालतले पब्जीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। तर, नेपालमा आवश्यक कानून नभएकाले त्यो प्रतिबन्ध फुकुवा भएको थियो।
तर, पछिल्लो समय भारतमा पब्जीमाथि प्रतिबन्ध लगाउने चर्चा शिखरमा पुगेको छ। पब्जीसँगै भारतमा २०० भन्दा बढी एपको सूची तयार गरेर प्रतिबन्धको तयारी भइरहेको छ। नेपालमा पनि लोकप्रिय गेम पब्जीका विकल्पका रूपमा केही अन्य अनलाइन गमेहरू पनि छन्। पब्जी मोबाइल एक अनलाइन मल्टीप्लेयर ब्याटल रोयल गेम हो। यस्तै अन्य गेमहरू पनि तपाईँलाई मन पर्न सक्छन्।
कल अफ ड्युटी मोबाइल
कल अफ ड्युटी हुन त पुरानो गेम हो। लञ्च हुने बित्तिकै धेरै विधामा कीर्तिमान बनाएको थियो। दक्षिण एशियासहित विश्वभर लोकिप्रय यो गेमले डाउनलोड संख्यामा पब्जीलाई टक्कर दिइसकेको छ। तर, यो गेम अहिले पुनः मोबाइलका लागि लञ्च गरिएको हो। यसअघि कम्प्युटर र प्लेस्टेसनमा खेल्न सकिन्थ्यो।
फोर्टनाइट
फोरर्टनाइट पनि पब्जी जस्तै मोबाइल गेम हो। तर, यो गेम खेल्ने तरिका पब्जीको तुलनामा केही फरक छ। यो कुनै–कुनै पक्षमा त पब्जीभन्दा पनि राम्रो गेम हो। यसमा खेलाडीले स्ट्रक्चर बनाउनु पर्ने हुन्छ। यसको अर्को विशेषता मोबाइल र कम्प्युटर दुवै माध्यमबाट खेल्न सकिन्छ।
फ्रि–फायर
यो पब्जीसँगै धेरै कुरामा मिल्ने मोबाइल गेम हो। यसमा पनि पब्जी जस्तै खेलाडीहरू एउटै म्यापमा आपसमा लडाईँ गरेर खेलिन्छ। तर, यो पब्जीको तुलनामा ग्राफिक्स–एनिमेसन कम र खेल्नमा पनि सजिलो छ।
ब्याटल ल्यान्ड्स
यो पनि एक मल्टिप्लेयर गेम हो। यसमा एकै साथ ३२ खेलाडी सहभागी हुनसक्छन्। पब्जी जस्तो यो गेम ठूलो होइन र समय पनि थोरै लाग्छ। पाँच मिनेटमा सकिने यो गेममा ग्राफिक्स कम भएकाले सामान्य बजेटको स्मार्टफोनमा पनि खेल्न सकिन्छ। एजेन्सीको सहयोगमा
" /> काठमाडौं। विश्वभर अहिले सर्वाधिक खेलिने भिडिओ गेम हो– पब्जी मोबाइल। तर, यो गेमका कारण मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर पर्ने कारण देखाएर विश्वका केही मुलुकमा यो एपमाथि प्रतिबन्ध लगाइएको छ। नेपालमा पनि २०७६ सालको वैशाखमा काठमाडौं जिल्ला अदालतले पब्जीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। तर, नेपालमा आवश्यक कानून नभएकाले त्यो प्रतिबन्ध फुकुवा भएको थियो।तर, पछिल्लो समय भारतमा पब्जीमाथि प्रतिबन्ध लगाउने चर्चा शिखरमा पुगेको छ। पब्जीसँगै भारतमा २०० भन्दा बढी एपको सूची तयार गरेर प्रतिबन्धको तयारी भइरहेको छ। नेपालमा पनि लोकप्रिय गेम पब्जीका विकल्पका रूपमा केही अन्य अनलाइन गमेहरू पनि छन्। पब्जी मोबाइल एक अनलाइन मल्टीप्लेयर ब्याटल रोयल गेम हो। यस्तै अन्य गेमहरू पनि तपाईँलाई मन पर्न सक्छन्।

">