महेन्द्रनगर। क्षेत्रफलका हिसाबले पाटेबाघका लागि पर्याप्त नभए पनि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ रहेका छन्। विश्वकै दुर्लभ बाह्रसिङ्गाका कारण परिचित शुक्लाफाँटाले थोरै क्षेत्रफलमा धेरै बाघ भएको अर्को चर्चा बटुल्न थालेको छ।
३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, चोरी शिकार नियन्त्रणलगायत कारणले बाघको सङ्ख्या बढिरहेको निकुञ्जको भनाइ छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले एउटा बाघले कम्तीमा ४० वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने गरेको बताए। “क्षेत्रफलका हिसाबले शुक्लाफाँटामा अन्त्यको भन्दा धेरै बाघ छ नै,” प्रमुख संरक्षण अधिकृत पौड्यालले भने, “यो बाघका लागि राम्रो बासस्थान पनि हो।”
उनले चुरे पहाडदेखि जोडिएको शुक्लाफाँटाभित्र कूल क्षेत्रफलको एक तिहाइ घाँसेमैदान, तालतलैया र बाघका लागि प्रशस्त आहारा प्रजाति रहेको बताए। “निकुञ्ज प्रशासन, नेपाली सेनालगायत सुरक्षा निकाय, मध्यवर्ती क्षेत्रका उपभोक्ता तथा युवा समितिहरुको पनि संरक्षणमा ठूलो योगदान रहेको छ,” पौड्यालले भने, “चोरीशिकार शून्य छ।”
सन् २०१३ को गणनाअनुसार १७ बाघ रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा एकले कमी आएको छ। निकुञ्जको वरिपरि मानव बस्ती भए पनि बाघ र मानवबीच द्वन्द्व नरहेको निकुञ्ज कार्यालयले जनाएको छ। चोरीशिकार न्यूनीकरणका लागि शुक्लाफाँटाको चौतर्फी नेपाली सेनाको देवी दल गण खटिएको छ।
लालझाडी, ब्रह्मदेव र डडेल्धुरा जिल्लाको सिमानालगायत जङ्गलमा बाघ आवतजावत गर्ने गरेको भए पनि बाघको प्रमुख बासस्थान शुक्लाफाँटा नै भएको निकुञ्जको भनाइ छ। भारतबाट पश्चिमी नाका गड्डाचौकी हुँदै नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको रोजाइमा शुक्लाफाँटा न्यून मात्रामा पर्ने गरेको छ। यहाँबाट आउने पर्यटकहरु धेरैजसो बर्दिया, पोखरालगायत क्षेत्रमा जाने गरेको गड्डाचौकीस्थित अध्यागमन कार्यालयले जनाएको छ।
सरकारले सन् २०२२ सम्ममा बाघको सङ्ख्यामा दोब्बर बनाउने घोषणा गरेको छ। सन् २०१८ को गणनाअनुसार हाल नेपालमा २३५ वटा बाघ छन्। त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले पर्यटकीय मौसममा लकडाउन(बन्दाबन्दी) हुँदा घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको जनाएको छ।
प्रमुख संरक्षण अधिकृत पौड्यालका अनुसार गत आर्थिक वर्षमा आन्तरिक तथा बाह्य गरी यहाँ एक हजार ७७५ जना मात्रै पर्यटकले शुक्लाफाँटाको अवलोकन गरेका छन्। अघिल्लो आर्थिक वर्षमा भने शुक्लाफाँटामा छ हजार ६९ पर्यटकले शुक्लाफाँटा अवलोकन भ्रमण गरेका थिए। शुक्लाफाँटा घुम्न फागुनदेखि जेठसम्मको समय उपयुक्त मानिन्छ।
रासस