काठमाडौं। भक्तपुर गठ्ठाघरमा घरेलु प्रयोजनका इलेक्ट्रिक सामग्री मर्मत गर्ने एउटा पसल छ। नाम हो– सुबी इलेक्ट्रो मेसिनरी।

पानी तान्ने मोटरदेखि पानी तताउने केट्ली, मिक्स्चर, ग्राण्डर, राइसकुकर, स्त्रीलगायतका सामग्री मर्मत गर्ने सेवा दिइन्छ यो पसलमा।

आधुनिक जीवनशैली अपनाउनेहरूको घनावस्ती रहेको काठमाडौं उपत्यकाभित्र मात्रै पनि यस्ता पसल हजारौंको संख्यामा हुन सक्छन्। प्रत्येक चोक र गल्लीमा यस्ता पसल भेटिन्छन्।

तर, गठ्ठाघर चोकबाट ठिमीतिर जाने बाटोको बायाँ पट्टिको यो पसल चाहिँ अलि विशेष छ। उल्लेखयोग्य छ।

कारण ?

त्यहाँको दृश्य आम पसलभन्दा फरक छ। ग्राहकको सेवाका लागि एकजना महिला प्रतीक्षारत हुन्छिन्।

पसलमा पुग्ने जोकोही सुरूमा अलमलिन्छन् र प्रश्न गर्छन्, “मिस्त्री खोई त?”

इलेक्ट्रिक सामग्री मर्मतमा पारंगत भइसकेकी विजयलक्ष्मी महर्जनको मुस्कानसहितको उत्तर हुने गर्छ, “मै हुँ मिस्त्री, समस्या भन्नुस् न।”

हुन पनि घरेलु इलेक्ट्रिक सामानहरू बनाउँदैमा बिहानबाट साँझ ढल्केको उनलाई थाहै हुन्न। तामाको तार र पेच मिलाउँदैमा महर्जनको दैनिकी बित्ने गर्छ।

महर्जनले इलेक्ट्रिक मिस्त्रीको रूपमा काम गर्न थालेको दुई दशक हुन लागिसक्यो। लामो अनुभवका कारण आजकाल काम सजिलो छ। आम्दानी पनि मनग्ये छ।

तर, सुरूआती दिन यति सहज थिएनन्। आजको अवस्थामा आइपुग्नका लागि महर्जनले निकै संघर्ष गरेकी छन्।

भन्छिन्, “पहिला त निकै गाह्रो थियो नि। सिक्दै जाँदा विस्तारै काम जानियो। अहिले त सजिलो छ। आम्दानी पनि भइरहेकै छ।”

कीर्तिपुरमा जन्मे हुर्केकी महर्जन ‘प्लस टु’मा अनुत्तीर्ण भएपछि खाली थिइन्। यत्तिकै बस्न मनले मानेन।

इलेक्ट्रोनिक्स पढ्ने उद्देश्यसहित एकजना साथीसँग अहिलेको बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी पुगिन्। दुवैले आवेदन दिए। उनको साथीको नाम निस्किएन। उनी चाहिँ सफल भइन्।

“दुई वर्षे कोर्ष थियो। दुई वर्षको सिकाइपछि जागिर पनि खाएँ। तर, आफूसँग भएको सीपअनुसार अवसर पाएजस्तो लागेन। महिला भएकै कारण हकलाग्दो अवसर पाइनँ कि भन्ने लाग्छ। अरू सीप सिक्ने प्रयास गरेँ, तर मन अन्यत्र मोड्न सकिनँ। श्रीमानले पनि आफैं गरौं भन्नुभयो, अनि सुरू गर्‍यौं,” कमै बोल्ने महर्जनले दुई दशकको यात्रा सम्झिइन्।

महर्जनको गुजारा यही सीपले चलाउन थालेको धेरै वर्ष भइसक्यो। त्यसैले यही पेशामा रमाएकी छन्। आफ्नै घरमा बसेर काम गर्न पाइने भएकाले पनि सुविधा छ।

देशभित्रै स्वरोजगारका थुप्रै अवसर भए पनि विदेशमा नेपाली चेलीहरूले गर्नुपरेका संघर्षका कथा र दुःख पाएको खबरले भने उनलाई निकै पिरोल्छ।

भन्छिन्, “अर्काको देशमा गएर दुःख पाउनुभन्दा सीप सिकेर आफ्नै ठाउँमा केही गरे हुन्छ नि। बरु इलेक्ट्रिसियन बन्ने हो भने त मै पनि सिकाइदिन्छु। इच्छा गरे नसकिने केही छैन।”

" /> काठमाडौं। भक्तपुर गठ्ठाघरमा घरेलु प्रयोजनका इलेक्ट्रिक सामग्री मर्मत गर्ने एउटा पसल छ। नाम हो– सुबी इलेक्ट्रो मेसिनरी।

"> विजयलक्ष्मी, जसले मोटर मिस्त्री बन्ने आँट गरिन् (भिडिओसहित): Dekhapadhi
विजयलक्ष्मी, जसले मोटर मिस्त्री बन्ने आँट गरिन् (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्