काठमाडौं। सरकारी खातामा पर्याप्त पैसा नहुँदा राष्ट्रिय गौरवका आयोजना अगाडि बढाउन समस्या भएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्। आन्तरिक स्रोतबाट सञ्चालित आधा दर्जन राष्ट्रिय गौरवका आयोजनाको लागि बजेट व्यवस्थापन गर्न नसकिएको उनले बताएका हुन्।
संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको छलफलमा खतिवडाले सरकारले आफ्नै स्रोतबाट निर्माण निर्माण थालेका आयोजनामा स्रोत जुटाउन कठिन भएको बताएका हुन्। दातृ निकायहरूले लागत उठ्न लामो समय लाग्ने आयोजनाहरुमा लगानी नगर्ने भएकाले बजेट नहुने उनले बताए।
त्यसबाहेक, विदेशी सहायता आश्रित केही आयोजनाहरुमा पनि समस्या हुने गरेको अर्थमन्त्री खतिवडाले बताए। उनीहरुले राख्ने गरेका सर्तहरु पुरा गर्न सक्ने अवस्था सधै नहुने भएकाले केही आयोजनाहरु कार्यान्वयनमा ढिलाइ हुने गरेको अर्थमन्त्री खतिवडाले जानकारी दिए।
समितिमा अर्थमन्त्री डा. खतिवडाले एमसीसी अनुमोदनको विषय संसदमा विचाराधिन रहेकाले एमसीए नेपाल अन्तरर्गतको काम प्रभावित भएको बताएका छन्।
दाताको सहयोगमा गर्नेगरी तय भएको काममा पनि स्थानीय स्तरमा सरकारले आफ्नो खर्चमा काम अघि बढाएको तर, दाताले दिने रकमको टुंगो नभएको अर्थमन्त्रीको भनाई छ।
एमसीसी अनुमोदन गर्ने वा नगर्ने विषय चाँडो निर्णय गरी टुङ्ग्याउनुपर्ने खतिवडाले बताए। एमसीसी अनुमोदन नभए सरकारले अन्य स्रोतबाट आयोजना अगाडी बढाउने उनको भनाइ थियो।
एमसीसी परियोजनाको सहयोगमा सरकारले लप्सीफेदी—रातामाटे—हेटौंडा र लप्सीफेदी—रातमाटे—दमौली—बुटवल ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण निर्माणको योजना अगाडि बढाएको छ।
" /> काठमाडौं। सरकारी खातामा पर्याप्त पैसा नहुँदा राष्ट्रिय गौरवका आयोजना अगाडि बढाउन समस्या भएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्। आन्तरिक स्रोतबाट सञ्चालित आधा दर्जन राष्ट्रिय गौरवका आयोजनाको लागि बजेट व्यवस्थापन गर्न नसकिएको उनले बताएका हुन्।संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको छलफलमा खतिवडाले सरकारले आफ्नै स्रोतबाट निर्माण निर्माण थालेका आयोजनामा स्रोत जुटाउन कठिन भएको बताएका हुन्। दातृ निकायहरूले लागत उठ्न लामो समय लाग्ने आयोजनाहरुमा लगानी नगर्ने भएकाले बजेट नहुने उनले बताए।

">