काठमाडौं। गत दुई आर्थिक वर्षमा नेपालको निर्यात व्यापारमा केही सुधारका तथ्यांक सार्वजनिक भइरहेका छन्। सरकार पनि नेपालको निर्यात व्यापारमा सुधार आएको भनेर सन्तोषको सास फेरिरहेको छ। स्वदेशमा औद्योगिकरण वा उत्पादन बढेर नेपालको निर्यात व्यापारको ग्राफ उकालो लागेको भने होइन।
नेपालको निर्यात व्यापार बढाउनका मूख्य भूमिका निर्वाह गरेको वस्तु हो पाम तेल, जो तेस्रो देशको उत्पादन हो। पाम तेल नेपालमा उत्पादन नै हुँदैन। गत वर्ष तेस्रो मुलुकबाट नेपालमा आायत गरिएको प्रशोधित र अप्रशोधित पाम तेल भारततर्फ मात्रै २१ अर्ब तीन करोड रूपैयाँको निकासी भएको छ।
गत वर्ष नेपालबाट भएको कूल निर्यात जम्मा ९६ अर्ब १५ करोड रूपैयाँ मात्रै छ। त्यसमध्ये २१ अर्ब पाम तेल मात्रै निर्यात भएको छ।विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उत्तरपूर्वी एशियाबाट आयातित पाम तेलले नेपालको कूल निर्यातको २१.८७ प्रतिशत हिस्सा ओगट्छ।
नेपालले गरेको कूल निर्यातबाट पाम तेलको आकार घटाउँदा नेपालको निर्यात व्यापार ७५ अर्ब १२ करोड रूपैयाँमा सीमित हुन आउँछ। जबकी, अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा नेपालको कूल निर्यात ९७ अर्ब १० करोड रूपैयाँ थियो। उक्त वर्ष नेपालबाट १० अर्ब ३३ करोड रूपैयाँको मात्रै पाम तेल निर्यात भएको थियो।
तर, अघिल्लो वर्षको तुलनामा गत वर्ष ८ अर्बले पाम तेलको निकासी बढ्दा पनि नेपालको कूल निकासी अघिल्लो वर्षको जति पनि पुग्दैन। कोरोना महामारीका कारण देशभर लकडाउन हुँदा गत वर्षको व्यापार प्रभावित भएको हो। अहिले भारतले नेपाल लगायतका मुलुकबाट आयात हुने पाम तेलमा रोक लगाएको छ।
भारतको वैदेशिक व्यापार महानिर्देशनालयले २९ वैशाखदेखि पाम तेलको आयातमा रोक लगाएको हो। त्यसअघि, गत वर्षको २३ पुसमा समेत पाम तेलको आयातमा भारतले रोक लगाएको थियो।
नेपाललाई के फाइदा ?
भन्सार विभागको तथ्यांकअनुसार नेपालले गत वर्ष २१ अर्ब तीन करोड रूपैयाँको पाम तेल निकासी गरेको छ। तर, सोही वर्ष नेपालले १८ अर्ब १० करोड रूपैयाँको पाम तेल आयात भएको छ। जसअनुसार गत वर्ष नेपालले कच्चा तेल आयात गरेर प्रशोधित तेल निकासी गर्दा दुई अर्ब ९३ करोड मात्रै मूल्यवृद्धि गरेको छ।
तर, व्यवसायीहरूको भनाइलाई आधार मान्दा नेपालमा पनि ठूलो मात्रामा पाम तेलको खपत हुन्छ। यस्तै, व्यवसायीले पाम तेल ल्याउँदा संकलन भएको २ अर्ब ८७ करोड रूपैयाँलाई समेत फाइदाको रूपमा हेर्ने गरेका छन्। व्यवसायी आनन्द बगारियाले आयातित पाम तेल भारतर्फ निकासी गर्दा नेपाललाई फाइदा हुने बताउँछन्।
अन्य मुलुकबाट ल्याएर ‘भ्यालू एड’ गर्दै भारत पठाउने गरेकाले समग्रमा नेपाली अर्थतन्त्रलाई फाइदा पुग्ने उनले बताए। नेपालले मात्र नभई बंगलादेश र श्रीलंकाले पनि अन्य मुलुकबाट पाम तेल आयात गरेर भारततर्फ निकासी गर्दै आएको व्यवसायीहरू बताउँछन्।तर, साउथ एशियन वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इन्भायरोमेन्टका अध्यक्ष डा. पोषराज पाण्डे पाम तेलको निकासीले नेपाललाई फाइदा नपुग्ने तर्क गर्छन। आयातित वस्तुले नेपालको निर्यात व्यापारको आकार बढाए पनि दीर्घकालिन रूपमा यसले नेपाली अर्थतन्त्रलाई फाइदा नपुग्ने उनको तर्क छ।
कहाँबाट आउँछ पाम तेल ?
नेपालमा विभिन्न ६ वटा मुलुकबाट कच्चा पाम तेल र चार मुलुकबाट प्रशोधित पाम तेल आयात हुने गरेको छ। नेपालमा पश्चिम अफ्रिकी देश गिनी, मलेसिया, सिंगापुर, इण्डोनेशिया, पपुवा न्यूगिनि र थाइल्याण्डबाट अप्रशोधित पाम तेल आयात हुन्छ। यस्तै, मलेसिया र इण्डोनेसियाका साथै भारत र चीनबाट समेत प्रशोधित पाम तेल आयात हुने गरेको भन्सार विभागले बताएको छ।
यद्यपी, चीन र भारतबाट आयात भएको पाम तेलको परिमाण ठूलो छैन। चीनबाट १७ लाख रूपैयाँको र भारतबाट ६० लाख रूपैयाँको पाम तेल भित्रिएको छ। तर, मलेसिया र इण्डोनेसियाबाट भने ठूलो परिमाणमा प्रशोधित पाम तेल आएको छ। तथ्यांकअनसार मलेसियाबाट ७१ करोड २० लाखको र इण्डोनेसियाबाट ३८ करोड ६९ लाख रूपैयाँको प्रशोधित पाम तेल आयात भएको छ।
व्यापारमा पाम तेलको तथ्यांक
निर्यात – २१ अर्ब ३ करोड
आयात – १८ अर्ब १० करोड
राजश्व – २ अर्ब ८७ करोड
६ मुलुकबाट आउँछ पाम तेल
निर्यातको २२ प्रतिशत हिस्सा