काठमाडौं। नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले संयुक्त राष्ट्र संघ (यूएन) शान्ति मिसनका लागि दोस्रो चरणको चार्टर्ड उडान गरेको छ। निगमले यूएन शान्ति मिसन र नेपाली सेनाको सहकार्यमा अफ्रिकी मुलुक दक्षिण सुडानस्थित जुबाका लागि २३८ नेपाली सेना लगेको थियो।
निगमको वाइड बडी ए ३३० जहाजले ओमनको मस्कट हुँदै जुबा उडान गरेको हो। जुबाटबाट बन्दाबन्दीले रोकिएका नेपाली सेनाका २५० अधिकारी गएराति काठमाडौं फर्किएको निगमले जनाएको छ। निगमले यसअघि गत असार २४ गते शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान अफ्रिकन रिपब्लिक र मालीमा चार्टर्ड उडान गरेको थियो।
आज अन्तर्राष्ट्रियतर्फ ६ वटा उडान हुँदैछन्। दक्षिण कोरियाबाट कोरियन एअरले काठमाडौंमा चार्टर्ड उडान गर्नेछ भने हङकङबाट क्याथे ड्रागन र इनचानबाट एशियन एअरको जहाज काठमाडौं आउनेछ। आजै हिमालय एअरलाइन्सको जहाज कुनमिङमा एक र कुवेतमा दुई उडान हुने विमानस्थल कार्यालयले जनाएको छ। रासस
" /> काठमाडौं। नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले संयुक्त राष्ट्र संघ (यूएन) शान्ति मिसनका लागि दोस्रो चरणको चार्टर्ड उडान गरेको छ। निगमले यूएन शान्ति मिसन र नेपाली सेनाको सहकार्यमा अफ्रिकी मुलुक दक्षिण सुडानस्थित जुबाका लागि २३८ नेपाली सेना लगेको थियो।निगमको वाइड बडी ए ३३० जहाजले ओमनको मस्कट हुँदै जुबा उडान गरेको हो। जुबाटबाट बन्दाबन्दीले रोकिएका नेपाली सेनाका २५० अधिकारी गएराति काठमाडौं फर्किएको निगमले जनाएको छ। निगमले यसअघि गत असार २४ गते शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान अफ्रिकन रिपब्लिक र मालीमा चार्टर्ड उडान गरेको थियो।

">