काठमाडौं। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनौटको अन्तर्वार्तामा सर्ट लिस्टमै नपरेका व्यक्तिलाई पनि बोलाइएको छ। अर्थमन्त्री डा. युवराज खतिवडा संयोजक रहेको छनौट समितिले साउन १६ गते लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको लागि अन्तर्वार्ता लिने तयारी गरेको छ।।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको संयोजकत्वमा गठित उपसमितिले ६ जनाको नाम छनौट गरी अर्थमन्त्री संयोजक रहेको छनौट समितिमा सिफारिस गरेको थियो। तर, अन्तर्वार्ताको लागि भने सिफारिसमै नपरेका सुशील भट्टलाई बोलाइएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो।
अधिकारी संयोजकत्वको सिफारिस समितिले सीईओको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, विद्युत नियमन आयोगका पूर्व सदस्य रामकृष्ण खतिवडा, विशेष आर्थिक क्षेत्रका पूर्व कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट, माछापुच्छ्रे बैंकका पूर्व कार्यकारी अधिकृत सुमन शर्मा र लगानी प्राधिकरण प्रदेश–१ का प्रमुख कार्यकारी अधिकृत सरोज कोइरालाको नाम छनोट गरी सिफारिस गरेको थियो।
तर, अन्तर्वार्ताको लागि भने सुशील भट्ट, रामकृष्ण खतिवडा, शुशिल ज्ञवाली र सरोज कोइरालालाई मात्रै बोलाइएको छ। अन्तर्वार्ताको लागि बोलाइएका सुशील भट्टको नाम भने सिफारिस भएको थिएन। योजना आयोगका सदस्य एवं नेपाल व्यवस्थापन संघका पूर्व अध्यक्ष रहेका भट्टले राजनीतिक र अन्य पहुँच प्रयोग गरेर आफूलाई अन्तर्वार्ताको सूचीमा समावेश गराएको अर्थमन्त्रालय स्रोतले बताएको छ।
भट्टलाई पनि अन्तर्वार्ताको लागि तयारी अवस्थामा रहन जानकारी आएको बताए। “अन्तर्वाताको समय र ठाउँ पछि जानकारी गराउँछौं। तयारी अवस्थामा रहनुुस भन्नुभएको छ,” भट्टले देखापढीसँग भने, “मैले समय र ठाउँको बारेमा सोधेको हो, थाहा पाइहाल्नुहुन्छ नि भन्ने उत्तर आयो।” तर, कसले कहाँबाट जानकारी गराएको भन्ने चाहिँ उनले खुलाएनन्।
सिफारिसमा परेका दीपकराज जोशी, चण्डिकाप्रसाद भट्ट र सुमन शर्मालाई भने अन्तर्वार्तामा बोलाइएको छैन।
लगानी बोर्डको सिईओका लागि १२ जनाले आवेदन गरेका थिए।
नेपाल लगानी बोर्डका तत्कालिन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएपछि बोर्डको नेतृत्व खाली छ।
अर्थमन्त्री डा. युवराज खतिवडा संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्प कँडेल र अर्थशास्त्री प्राडा गोविन्द नेपाल सदस्य रहेको छनौट समितिले उनीहरूमध्ये तीन जनाको नाम छनौट गरी नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गर्नेछ।
सिफारिस भएका तीनजनामध्येबाट एकजनालाई मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्नेछ।
" /> काठमाडौं। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनौटको अन्तर्वार्तामा सर्ट लिस्टमै नपरेका व्यक्तिलाई पनि बोलाइएको छ। अर्थमन्त्री डा. युवराज खतिवडा संयोजक रहेको छनौट समितिले साउन १६ गते लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको लागि अन्तर्वार्ता लिने तयारी गरेको छ।।राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको संयोजकत्वमा गठित उपसमितिले ६ जनाको नाम छनौट गरी अर्थमन्त्री संयोजक रहेको छनौट समितिमा सिफारिस गरेको थियो। तर, अन्तर्वार्ताको लागि भने सिफारिसमै नपरेका सुशील भट्टलाई बोलाइएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो।

">