काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले आन्तरिक उडानमा रहेका छ चिनियाँ जहाजको व्यावसायिक उडान बन्द गरेको छ। चिनियाँ जहाज नउडाउने भएपछि अब निगमको आन्तरिक सेवामा दुई ट्वीनअटर मात्रै जहाज छन्।
बन्दाबन्दीको चार महिनापछि शुरु हुन लागेको आन्तरिक उडानमा निजी क्षेत्रका वायुसेवा प्रदायक कम्पनीले उडान तयारी तीव्र पारिरहँदा निगमसँग भने आन्तरिक उडानका लागि जहाजै अभाव भएको छ। निगमसँग अहिले भएका १७ देखि १९ सिट क्षमताका दुई जहाजले दुर्गम भेगमा सेवा दिने जनाइएको छ।
जहाज अभावले तत्कालै टङ्क रुटमा उडान सञ्चालन गर्न नसकिने निगमका प्रवक्ता अर्चना खड्काले बताइन्। निजी क्षेत्रका हवाई कम्पनीसँग प्रतिस्पर्धात्मक उडान गर्नुपर्ने बाध्यता रहेकाले निगमले चाँडोभन्दा चाँडो जहाज खरिद गर्नुपर्ने बाध्यता रहेको निगमले जनाएको छ। निगमले देशका २६ विमानस्थलमा उडान गर्दै आएको छ।
चिनियाँ जहाजबाट व्यावसायिक लाभ लिन नसकेपछि निगमले आन्तरिक उडानका लागि चीनबाट ल्याइएका छ जहाजको उडान सेवा बन्द गर्ने निर्णय गरेको थियो। निगम सञ्चालक समितिको गत असार १६ गतेको बैठकले चिनियाँ जहाज विस्थापन गरी नयाँ जहाज खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
निगमलाई चीन सरकारको सहयोगमा प्राप्त भएका दुई (एमए–६० र वाई–१२ ई) तथा सहुलियतपूर्ण कर्जाअन्तर्गत नेपाल सरकारले खरिद गरी निगमलाई उपलब्ध गराएका चार (एक एमए–६० र तीन वाई–१२) जहाज गरी छ जहाज निगमसँग रहेका थिए। चिनियाँ जहाजको बीमा रकम अन्य जहाजको भन्दा करिब ३५ प्रतिशतले बढिरहेको तथा जहाज चलाउने पाइलट उपलब्ध नहुने भएकाले आफै उत्पादन गर्नुपर्ने हुँदा हाल सञ्चालनमा रहेका एयरबस–३२० को भन्दा महङ्गो पर्ने भएपछि निगमले चिनियाँ जहाज नचलाउने निर्णय गरेको हो ।
एकातर्फ आन्तरिक उडानमार्फत दुर्गम भेगमा सेवा पुर्याउनुपर्ने निगमको सामाजिक दायित्व छ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय उडानका लागि दुई एयरबस ए–३२० र ३३० जहाज खरिद गर्दा कर्मचारी सञ्चयकोष र नागरिक लगानीकोषबाट लिएको ऋण तिर्न पनि नसक्ने अवस्थामा पुग्नु निगमका लागि चुनौती थपिएको छ।
निगमका अनुसार छ जहाजबाट आव २०७१/०७२ देखि आव २०७५/०७६ सम्म पाँच आर्थिक वर्षमा एक अर्ब ९० करोड रुपैयाँ नोक्सान भएको छ। यस हिसाबले यी जहाजबाट प्रतिवर्ष ३८ करोड रुपैयाँ नोक्सानी भएको निगमले जनाएको छ।
महालेखा परीक्षकको प्रतिवेदन २०७४/०७५ मा दुई आर्थिक वर्षमा मात्रै ९१ करोड ४५ लाख ६५ हजार रुपैयाँ खुद नोक्सानी ब्यहोर्नुपरेकाले मुनाफामा सञ्चालन गर्ने ठोस कार्ययोजना बनाउनुपर्ने उल्लेख गरेको थियो ।
निगमले चिनियाँ जहाज विस्थापन गर्दा अवरुद्ध हुने आन्तरिक उडानलाई सञ्चालन गर्न एकीकृत आन्तरिक व्यावसायिक योजनाको प्रतिवेदन तयार गरी लागू गर्ने निर्णय गरेको छ ।
रासस
" /> काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले आन्तरिक उडानमा रहेका छ चिनियाँ जहाजको व्यावसायिक उडान बन्द गरेको छ। चिनियाँ जहाज नउडाउने भएपछि अब निगमको आन्तरिक सेवामा दुई ट्वीनअटर मात्रै जहाज छन्।बन्दाबन्दीको चार महिनापछि शुरु हुन लागेको आन्तरिक उडानमा निजी क्षेत्रका वायुसेवा प्रदायक कम्पनीले उडान तयारी तीव्र पारिरहँदा निगमसँग भने आन्तरिक उडानका लागि जहाजै अभाव भएको छ। निगमसँग अहिले भएका १७ देखि १९ सिट क्षमताका दुई जहाजले दुर्गम भेगमा सेवा दिने जनाइएको छ।

">