काठमाडौं। नारायणगढ मुग्लिन सडकमा सवारी चलाउँदा सडक उपभोग दस्तुर तिर्नुपर्ने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले नारायणगढ-मुग्लिन सडकमा चल्ने सवारी साधनबाट शुल्क उठाउन अनुमति दिएको हो।
साउन १२ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्दै अर्थ, सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले उक्त सडक खण्डमा हलुका सवारी साधनबाट २५ रूपैयाँ र भारी सवारी साधनबाट ५५ रूपैयाँ प्रति ट्रिप दस्तुर संकलनको अनुमति दिइएको बताए।
निर्माण सम्पन्न भएर सञ्चालमा आएका सडक मर्मत सम्भारका लागि बजेट अभाव नहोस् भन्ने उद्देश्यले ती सडकमा सञ्चालन हुने सवारी साधनबाट दस्तुर संकलन गर्ने व्यवस्था गरिएको छ।
" /> काठमाडौं। नारायणगढ मुग्लिन सडकमा सवारी चलाउँदा सडक उपभोग दस्तुर तिर्नुपर्ने भएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले नारायणगढ-मुग्लिन सडकमा चल्ने सवारी साधनबाट शुल्क उठाउन अनुमति दिएको हो।

">