दुई छोरी र श्रीमतीसहित धुलिखेल पुगेका जोशी भोलिसम्म त्यहीँ बस्ने योजनामा छन्।
अर्को साता पोखरा, त्यसपछि चितवन र त्यसपछि पूर्वी तथा पश्चिम नेपालको भ्रमणमा जाने योजना बनाएको पनि जोशीले बताए।
नेपाल होटल संघका प्रथम उपाध्यक्ष विनायक शाहले अब क्रमशः होटल तथा रेष्टुरेन्ट खुल्न थाल्ने बताए। “लामो समय लकडाउनमा रहनुपर्यो। अहिलेबाट खुल्यो भने ६ महिनापछिको लागि भए पनि बुकिङहरू आउन थाल्छ। आफ्ना तयारीहरू हुन्छन्। अब नेपालमा पर्यटन क्षेत्र खुल्यो भन्ने सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन सकिन्छ,” उनले भने।
साना तथा मझौला होटल तथा रेष्टुरेन्ट चाँडै खुल्न सक्ने भए पनि ठूला होटल खुल्न भने अझै केही समय लाग्ने शाहले बताए। तर, पर्यटन व्यवसायीहरू भने व्यवसाय प्रवर्द्धनको आन्तरिक तयारीमा जुटेको शाहले बताएका छन्। “राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका सम्पर्क सुत्रहरूमा आफ्नो व्यवसाय प्रवर्द्धन गर्न सकिने भइयो तर, नेपालले अन्तर्राष्ट्रिय स्तरमा ‘कन्ट्री इमेज’ कसरी प्रस्तुत गर्छ भन्ने आधारमा पर्यटक आउने कुरा भर पर्छ,” उनले भने।
स्वास्थ्य सम्बन्धी सुरक्षा प्रोटोकल राम्रोसँग पालन गर्न सक्यो भने चाँडै विदेशी पर्यटक आउन सक्ने उनले बताए।

साना तथा मझौला होटल-रेष्टुरेन्ट खुल्न थाले, पर्यटन बोर्डका निवर्तमान सीईओ निस्किए देशाटनमा: Dekhapadhi
साना तथा मझौला होटल-रेष्टुरेन्ट खुल्न थाले, पर्यटन बोर्डका निवर्तमान सीईओ निस्किए देशाटनमा

काठमाडौं। चार महिना पूर्ण रूपमा बन्द भएका होटल रेष्टुरेन्ट आजबाट खुल्न थालेका छन्। ११ चैत २०७६ मा लकडाउन घोषणा हुनुअघि नै होटल तथा रेष्टुरेन्ट व्यवसाय कोरोना महामारीको कहरमा परेका थिए।

सरकारले लकडाउन गरेपछि त सबै क्षेत्र पूर्ण रूपमा बन्द भए। सरकारले साउन ६ गते राति १२ बजेपछि लकडाउन खुलाएको भए पनि होटल तथा रेष्टुरेन्ट व्यवसाय भने साउन १५ बाट मात्रै खोल्न पाउने निर्णय गरेको थियो।

सरकारको निर्णय अनुसार आजबाट होटल तथा रेष्टुरेन्ट व्यवसाय खोल्न सकिने भए पनि पर्यटक वा ग्राहक भने छैनन्। केही होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूले केही दिनअघि आन्तरिक तयारी थालेर आजबाट सेवा दिन थालेका छन् भने कतिपयले विस्तारै खोल्ने योजना बनाएका छन्।

होटल तथा रेष्टुरेन्ट आजबाट खुल्ने भएपछि नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी आन्तरिक पर्यटन प्रवर्द्धनमा प्रोत्साहन गर्ने भन्दै धुलिखेलस्थित धुलिखेल माउन्टेन रिसोर्ट पुगेका छन्।

परिवारसहित आज दिउँसो चार बजे धुलिखेल पुगेका जोशीले अब घुम्न निस्कने र आन्तरिक पर्यटन प्रवर्द्धनमा लाग्नुपर्ने बताए।

“धुलिखेल आउनुअघि नगरकोट, पातलेवनका केही होटलमा सम्पर्क गरेको थिएँ, उनीहरूले केही दिनपछि मात्रै खोल्ने बताएपछि धुलिखेल आएको हुँ,” जोशीले भने, “धुलिखेल माउन्टेन रिसोर्टमा स्वास्थ्य सुरक्षा प्रोटोकल अनुसार नै राम्रोसँग पूर्व तयारी भएको रहेछ। एकदमै सुरक्षित महशुस गरेका छौं।”

रिसोर्टका कर्मचारीहरू पनि कोभिड-१९ को जोखिम र सुरक्षा सतर्कताका बारेमा सचेत रहेको पाएको उनले बताए। “पर्यटन क्षेत्र सेवामुखी र अनुशासित व्यवसाय हो। मानिसको विश्वास जित्न सकेन भने यो व्यवसायमा टिक्न सकिँदैन। पर्यटन क्षेत्रको पाहुनाको विश्वास जित्न सबै सुरक्षा मापदण्ड प्रयोग गर्नैपर्छ,” उनले भने।

दुई छोरी र श्रीमतीसहित धुलिखेल पुगेका जोशी भोलिसम्म त्यहीँ बस्ने योजनामा छन्।

अर्को साता पोखरा, त्यसपछि चितवन र त्यसपछि पूर्वी तथा पश्चिम नेपालको भ्रमणमा जाने योजना बनाएको पनि जोशीले बताए।

नेपाल होटल संघका प्रथम उपाध्यक्ष विनायक शाहले अब क्रमशः होटल तथा रेष्टुरेन्ट खुल्न थाल्ने बताए। “लामो समय लकडाउनमा रहनुपर्‍यो। अहिलेबाट खुल्यो भने ६ महिनापछिको लागि भए पनि बुकिङहरू आउन थाल्छ। आफ्ना तयारीहरू हुन्छन्। अब नेपालमा पर्यटन क्षेत्र खुल्यो भन्ने सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउन सकिन्छ,” उनले भने।