नासाले मंगल ग्रहमा हेलिकोप्टर उडाउने

काठमाडौं।

नासाले १.८ केजी तौल भएको एउटा सानो हेलिकोप्टर मंगल ग्रहमा उडाउने भएको छ। नासा मार्स २०२० नामको यो हेलिकोप्टर पृथ्वीबाहेक अर्को ग्रहमा उड्ने पहिलो हेलिकोप्टरसमेत बन्‍नेछ।

नासा यो हेलिकोप्टरलाई मंगल ग्रहमा उडाएर पहिलो पटक शक्तिशाली उडानको प्रदर्शन गर्न चाहन्छ। मंगल ग्रहको पातलो वातावरणमा उडाउने यो हेलिकोप्टर रोबटिक हेलिकोप्टर हो।

'मार्स हेलिकोप्टर इन्जेन्युटी' नाम दिइएको यो हेलिकोप्टर उडाउर विज्ञान-प्रविधिको क्षेत्रमा विशेष लक्ष्यसहित परीक्षण गर्ने लक्ष्य राखिएको नासाले बताएको छ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्