काठमाडौं। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले अनावश्यक आरोपित गरेको भन्दै नेपाल टेलिकमले आपत्ति जनाएको छ। ई–शिक्षाको प्याकेज सम्बन्धमा टेलिकमले बेवास्ता गरेको आरोप प्याब्सनले लगाएको टेलिकमको भनाइ छ।

छलफलकै क्रममा रहेका बेला बेवास्ता गरेको भन्दै परिपत्र निकालिएको भन्दै टेलिकमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। टेलिकम प्रवक्ता राजेश जोशीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्याब्सनले कम्पनीसँग सहकार्य गर्न पत्राचार गरेपश्चात विभिन्न चरणमा छलफल भएको थियो। यस कम्पनी र संगठनबीच भएको सकारात्मक छलफल पश्चात तत्कालको लागि कम्पनीले उपलब्ध गराइरहेको ई–शिक्षा प्याकेज सम्बन्धी विवरण संगठनले आफ्नो वेबसाइटमा समेत प्रकाशित गरेको थियो। साथै अनलाइन शिक्षाको लागि मात्र उपयोगी हुने डाटा प्याकेज सम्बन्धमा पनि कम्पनी सकारात्मक भई थप छलफल भइरहेको थियो।”

प्याब्सनले कम्पनीलाई कुनै जानकारी नगराई १५ साउनमा ई–लर्निङ को प्याकेज सुविधा सम्बन्धमा भन्ने परिपत्र आफ्नो वेबसाइटमा राखेको थियो। जसमा गैरजिम्मेवार रुपले कम्पनीलाई दोषारोपण गर्ने शब्दावली राखिएको भन्दै त्यसमा टेलिकमले आपत्ति जनाएको हो। तर प्याब्सनले भने त्यस्तो ब्यहोरा नराखिएको दाबी गरेको छ।

आफू अनुकुल कुनै पनि संस्थासँग सम्झौता गर्ने संगठनको अधिकारप्रति नेपाल टेलिकमको विमति नरहेता पनि कम्पनीलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोग गर्नु उचित नभएको टेलिकमको भनाइ छ।

एनसेल नेटवर्कसँग भएको ई–लर्निङ प्याकेज सुविधाबारे आफ्ना संस्थागत विद्यालय तथा शिक्षक, विद्यार्थीलाई जानकारी दिने क्रममा प्याब्सनले नेपाल टेलिकमको बेवास्ता कारण भन्ने शब्द प्रयोग गरेको भन्दै टेलिकम असन्तुष्ट भएको हो।

टेलिकमले बैशाख १४ गतेदेखि नै ई–शिक्षा प्याकेज कार्यान्वयमा ल्याएको थियो। जसमा अनलाइन अध्ययनका लागि उपलब्ध विभिन्न प्रकारका एप्लिकेसनहरुमध्ये कम्पनीले विद्यार्थी र शिक्षकमाझ लोकप्रिय रहेका जुनसुकै एप्लिकेसनहरु उपयोग गर्न सकिने गरी ५०० रुपैयाँमा १८ जिबी डाटा ई–शिक्षा प्याकेजमार्फत उपलब्ध गराउँदैं आएको छ।

प्याब्सन महासचिव कुमार घिमिरेले परिपत्रको ड्राफ्ट तयार पार्ने क्रममा उक्त शब्द प्रयोग गरिएको भन्दै आधिकारिक पत्रमा भने कुनै आरोप नलगाइएको दाबी गरे। “सचिवालयले ड्राफ्ट तयार पार्दा टेलिकमको बेवास्ता भन्ने शब्द राखिएको रहेछ। त्यो ड्राफ्ट हामीलाई पठाएपछि सच्च्याएका थियौं,” महासचिव घिमिरेले भने, “तर त्यो ड्राफ्ट बाहिरिएछ। सचिवालयका कर्मचारीले अभिभावक संघका पदाधिकारीलाई हामीले यस्तो पत्र तयार पार्दैछौं भनेर पठाउनुभएको रहेछ। त्यही ड्राफ्टलाई सामाजिक सञ्जालमा हालेको पाइयो। त्यो हाम्रो आधिकारिक पत्र होईन।”

" /> काठमाडौं। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले अनावश्यक आरोपित गरेको भन्दै नेपाल टेलिकमले आपत्ति जनाएको छ। ई–शिक्षाको प्याकेज सम्बन्धमा टेलिकमले बेवास्ता गरेको आरोप प्याब्सनले लगाएको टेलिकमको भनाइ छ।

छलफलकै क्रममा रहेका बेला बेवास्ता गरेको भन्दै परिपत्र निकालिएको भन्दै टेलिकमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। टेलिकम प्रवक्ता राजेश जोशीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्याब्सनले कम्पनीसँग सहकार्य गर्न पत्राचार गरेपश्चात विभिन्न चरणमा छलफल भएको थियो। यस कम्पनी र संगठनबीच भएको सकारात्मक छलफल पश्चात तत्कालको लागि कम्पनीले उपलब्ध गराइरहेको ई–शिक्षा प्याकेज सम्बन्धी विवरण संगठनले आफ्नो वेबसाइटमा समेत प्रकाशित गरेको थियो। साथै अनलाइन शिक्षाको लागि मात्र उपयोगी हुने डाटा प्याकेज सम्बन्धमा पनि कम्पनी सकारात्मक भई थप छलफल भइरहेको थियो।”

प्याब्सनले कम्पनीलाई कुनै जानकारी नगराई १५ साउनमा ई–लर्निङ को प्याकेज सुविधा सम्बन्धमा भन्ने परिपत्र आफ्नो वेबसाइटमा राखेको थियो। जसमा गैरजिम्मेवार रुपले कम्पनीलाई दोषारोपण गर्ने शब्दावली राखिएको भन्दै त्यसमा टेलिकमले आपत्ति जनाएको हो। तर प्याब्सनले भने त्यस्तो ब्यहोरा नराखिएको दाबी गरेको छ।

आफू अनुकुल कुनै पनि संस्थासँग सम्झौता गर्ने संगठनको अधिकारप्रति नेपाल टेलिकमको विमति नरहेता पनि कम्पनीलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोग गर्नु उचित नभएको टेलिकमको भनाइ छ।

एनसेल नेटवर्कसँग भएको ई–लर्निङ प्याकेज सुविधाबारे आफ्ना संस्थागत विद्यालय तथा शिक्षक, विद्यार्थीलाई जानकारी दिने क्रममा प्याब्सनले नेपाल टेलिकमको बेवास्ता कारण भन्ने शब्द प्रयोग गरेको भन्दै टेलिकम असन्तुष्ट भएको हो।

टेलिकमले बैशाख १४ गतेदेखि नै ई–शिक्षा प्याकेज कार्यान्वयमा ल्याएको थियो। जसमा अनलाइन अध्ययनका लागि उपलब्ध विभिन्न प्रकारका एप्लिकेसनहरुमध्ये कम्पनीले विद्यार्थी र शिक्षकमाझ लोकप्रिय रहेका जुनसुकै एप्लिकेसनहरु उपयोग गर्न सकिने गरी ५०० रुपैयाँमा १८ जिबी डाटा ई–शिक्षा प्याकेजमार्फत उपलब्ध गराउँदैं आएको छ।

प्याब्सन महासचिव कुमार घिमिरेले परिपत्रको ड्राफ्ट तयार पार्ने क्रममा उक्त शब्द प्रयोग गरिएको भन्दै आधिकारिक पत्रमा भने कुनै आरोप नलगाइएको दाबी गरे। “सचिवालयले ड्राफ्ट तयार पार्दा टेलिकमको बेवास्ता भन्ने शब्द राखिएको रहेछ। त्यो ड्राफ्ट हामीलाई पठाएपछि सच्च्याएका थियौं,” महासचिव घिमिरेले भने, “तर त्यो ड्राफ्ट बाहिरिएछ। सचिवालयका कर्मचारीले अभिभावक संघका पदाधिकारीलाई हामीले यस्तो पत्र तयार पार्दैछौं भनेर पठाउनुभएको रहेछ। त्यही ड्राफ्टलाई सामाजिक सञ्जालमा हालेको पाइयो। त्यो हाम्रो आधिकारिक पत्र होईन।”

"> प्याब्सनको ‛आरोप’प्रति नेपाल टेलिकमको आपत्ति: Dekhapadhi
प्याब्सनको ‛आरोप’प्रति नेपाल टेलिकमको आपत्ति

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्