दमौली। भिमाद नगरपालिकाले आर्थिक वर्ष ०७७/७८ का लागि पारित गरेको बजेट सार्वजनिक गरेको छ।
सातौँ नगर सभाबाट पारित नीति, कार्यक्रम र बजेट नगरपालिकाले हिजो सार्वजनिक गरिएको हो। नगरप्रमुख मेखबहादुर थापाले ५६ करोड ५३ लाख सात हजार ७२० को बजेट तथा कार्यक्रम सार्वजनिक गरे।
अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये आर्थिक विकास क्षेत्रतर्फ कृषिमा एक करोड २४ लाख, पशुपंक्षीमा ९२ लाख ६० हजार, जलस्रोत तथा सिँचाईमा ८७ लाख, वनमा एक लाख, पर्यटनमा ६० लाख र उद्योगमा छ लाख बजेट विनियोजन गरेको छ ।
पूर्वाधार विकासतर्फ यातायात पूर्वाधारमा नौ करोड २० लाख, भवन आवास तथा शहरी विकासमा तीन करोड ९६ लाख, उर्जामा पाँच लाख बजेट विनियोजन गरिएको छ। सामाजिक विकास क्षेत्रतर्फ शिक्षामा एक करोड २० लाख ९९ हजार ७२०, खानेपानी तथा सरसफाइतर्फ एक करोड पाँच लाख, स्वास्थ्यमा एक करोड पाँच लाख १७ हजार बजेट विनियोजन गरिएको छ।
नगरपालिकाले कृषिमा रोजगारी र व्यावसायिकता, आर्थिक समृद्धिको लागि अपरिहार्यता भन्ने मूल नारालाई प्राथमिकतामा राखेर कार्यक्रम बनाएको नगरप्रमुख थापाले बताए। रासस
" /> दमौली। भिमाद नगरपालिकाले आर्थिक वर्ष ०७७/७८ का लागि पारित गरेको बजेट सार्वजनिक गरेको छ।सातौँ नगर सभाबाट पारित नीति, कार्यक्रम र बजेट नगरपालिकाले हिजो सार्वजनिक गरिएको हो। नगरप्रमुख मेखबहादुर थापाले ५६ करोड ५३ लाख सात हजार ७२० को बजेट तथा कार्यक्रम सार्वजनिक गरे।

">