झापा। कोभिड-१९ को असरका कारण जिल्ला प्रशासन कार्यालय झापाले विभिन्न शीर्षकमा सङ्कलन गर्ने राजस्वमा कमी भएको छ।
कार्यालयले गत आर्थिक वर्ष २०७६/७७ को असारमसान्त सम्ममा विभिन्न शीर्षकबाट चार करोड तीन लाख १५ हजार ६०० मात्र राजस्व सङ्कलन गरेको छ।
कार्यालयका लेखापाल टेकप्रसाद नेपालका अनुसार सबैभन्दा बढी राहदानी बिक्रीबाट तीन करोड ९० लाख ८५ हजार राजस्व सङ्कलन भएको छ। हातहतियार इजाजतबापत ३१ हजार, राष्ट्रिय परिचयपत्र कम्पुटर अपरेटरको परीक्षा सञ्चालन गरेबापत सात हजार ६०० अन्य प्रशासनिक सेवा शुल्कबापत ११ लाख दुई हजार ४५० राजस्व सङ्कलन भएको छ।
सो राजस्व अघिल्लो आर्थिक वर्ष २०७५/७६ को भन्दा दुई करोड ५३ लाख ३५ हजार ६४८ ले कम रहेको उनले बतायो।
अघिल्लो वर्ष कार्यालयले छ करोड ५६ लाख ५१ हजार २८४ राजस्व संकलन गरेको थियो। लेखापाल नेपालले आवको दोस्रो चौमासिक शुरु नहुँदै बन्दाबन्दी भएको कारण विगत वर्षहरुको दाँजोमा राजस्वमा गिरावट आएको बताए। रासस
" /> झापा। कोभिड-१९ को असरका कारण जिल्ला प्रशासन कार्यालय झापाले विभिन्न शीर्षकमा सङ्कलन गर्ने राजस्वमा कमी भएको छ।कार्यालयले गत आर्थिक वर्ष २०७६/७७ को असारमसान्त सम्ममा विभिन्न शीर्षकबाट चार करोड तीन लाख १५ हजार ६०० मात्र राजस्व सङ्कलन गरेको छ।

">