काठमाडौं। कोभिड-१९ महामारीको प्रभावका बाबजुद नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित विद्युत् उत्पादन, प्रसारण र वितरणका आयोजनाहरूमा गत आर्थिक वर्ष २०७६/७७ मा ८१.२३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ।
यस अवधिमा ती आयोजनाहरूमा भौतिक प्रगति भने ८२.२९ प्रतिशत भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्।
नेपाल सरकार, वैदेशिक सहायता तथा प्राधिकरणको आन्तरिक स्रोतबाट सञ्चालित आयोजनाहरूमा गत आवका लागि ५८ अर्ब चार करोड रूपैयाँ विनियोजन गरिएकोमा ४७ अर्ब १४ करोड रूपैयाँ खर्च भएको छ।
त्यसमध्ये विद्युत् पहुँच बढाउन र उपभोक्तालाई भरपर्दो तथा गुणस्तरीय सेवा आपूर्तिका लागि वितरण लाइन विस्तार, सुदृढीकरण र स्तरोन्नतिमा छुट्टयाइएको बजेटको खर्च ९२ प्रतिशत र भौतिक प्रगति शतप्रतिशत भएको प्राधिकरणले जनाएको छ।
प्रधिकरणका कार्यकारी निर्देशक घिसिङले कोभिड-१९ महामारीका कारण निर्माणाधीन आयोजनाहरूमा काम प्रभावित हुँदासमेत समग्र वित्तीय र भौतिक प्रगति उत्साहजनक नै बताएका छन्।
गत आवमा उत्पादनतर्फ सात अर्ब ८० करोड विनियोजन भएकोमा पाँच अर्ब ५३ करोड रूपैयाँ खर्च भएको छ। उत्पादनतर्फ वित्तीय र भौतिक प्रगति क्रमशः ७०.८२ र ७६.८३ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ।
“वन क्षेत्रको जग्गा प्रयोगका लागि प्रक्रियागत झन्झटबाट सिर्जित समस्या, जग्गा अधिग्रहणमा समस्या, प्रसारण तथा वितरण लाइनमा भइरहेको अवरोधजस्ता सबै आयोजनाले बेहोरिरहेका साझा समस्या हुन्। गत आर्थिक वर्षमा चार महिना कोभिड-१९ का कारण निर्माणमा चैतर्फी प्रभाव पर्यो,” कार्यकारी निर्देशक घिसिङले भने, “लकडाउनमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर निर्माण सुचारू गर्ने सरकारको निर्णयपछि सरोकारवाला सबैको सहयोगका कारण अप्ठ्यारो परिस्थितिमा पनि कामलाई निरन्तरता दिन सकियो। यसबीचमा केही आयोजनाहरू निर्माण सम्पन्न भएका छन्। केही निर्माणको अन्तिम चरणमा पुगेका छन्।”

उत्पादनतर्फ जलविद्युत् आयोजनाको निर्माण, मर्मतसम्भार लगायतका कार्य पर्छन्। गत आवमा निजी क्षेत्रका १५ आयोजना निर्माण सम्पन्न भई १ सय ३५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिएका छन्।
प्राधिकरणले १०६१ मेगावाटको माथिल्लो अरूण, ६३५ मेगावाटको दूधकोसी, माथिल्लो मोदी ‘ए’, तामाकोसी पाँचौ जलविद्युत्लगायतका आयोजनाको विस्तृत अध्ययन गरिरहेको छ। अध्ययनका लागि एक अर्ब ९५ करोड रूपैयाँ विनियोजन गरिएकोमा २६.४८ प्रतिशतमात्रै खर्च भएको छ। ती आयोजनाहरूको भौतिक प्रगति ३३.३९ प्रतिशत छ। आयोजनाहरूको अध्ययनमा भने कोभिड-१९ का कारण प्रभावित भएको निर्देशक घिसिङले बताए।
प्राधिकरणको सहायक कम्पनीमार्फत् ४५६ मेगावाटको माथिल्लो तामाकोसी र १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना निर्माणाधीन छन्। माथिल्लो तामाकोसीको निर्माण आगामी कात्तिकसम्म सञ्चालनमा आउने बताइएको छ।