काठमाडौं। नेपाल विद्युत प्राधिकरणले मुलुकभरका ७७ मध्ये १५ जिल्ला पूर्ण विद्युतीकरण भएको जनाएको छ।
आर्थिक वर्ष २०७६/७७ को प्रगति विवरण सार्वजनिक गर्ने क्रममा प्राधिकरणले १५ जिल्ला पूर्ण विद्युतीकरण भएको जनाएको हो।
गत आवमा ११ जिल्लालाई पूर्ण विद्युतीकरण गरिएको हो। त्यसअघि पर्वत, स्याङ्जा, काठमाडौं र भक्तपुरलाई पूर्ण विद्युतीकरण गरिएको थियो।
धनकुटा, सुनसरी, सिराहा, धनुषा, महोत्तरी, बारा, पर्सा, नुवाकोट, कपिलवस्तु, गुल्मी र बर्दियालाई आर्थिक वर्ष २०७६/७७ मा पूर्ण विद्युतीकरण गरिएको हो।
प्राधिकरणले गत आवमा ४० जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य राखे पनि ११ जिल्लालाई पूर्ण विद्युतीकरण गर्न सकेको थियो।
प्राधिकरणले कोभिड-१९ महामारीका कारण विद्युतीकरण कार्य प्रभावित भएको जनाएको छ। सरकारले २०७९ भित्र प्रत्येक घरधुरीमा विद्युत् सेवा पुर्याउने र वार्षिक प्रतिव्यक्ति विद्युत खपतलाई ७०० युनिट पुर्याउने लक्ष्य राखेको छ।
हरेक नेपाली जनताको पहुँचमा विद्युत पुर्याउने सरकारको लक्ष्य पूरा गर्न र उपभोक्तालाई पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न हरसम्भव प्रयास गरिएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
" /> काठमाडौं। नेपाल विद्युत प्राधिकरणले मुलुकभरका ७७ मध्ये १५ जिल्ला पूर्ण विद्युतीकरण भएको जनाएको छ।आर्थिक वर्ष २०७६/७७ को प्रगति विवरण सार्वजनिक गर्ने क्रममा प्राधिकरणले १५ जिल्ला पूर्ण विद्युतीकरण भएको जनाएको हो।

">