काठमाडौं। गत अर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय प्रसारण लाइनका ६ वटा आयोजनाबाट २८५ सर्किट किलोमिटर प्रसारण लाइन थपिएको नेपाल विद्युत प्रधिकरणले जनाएको छ।
प्रसारण लाइनतर्फ २६ अर्ब ४८ करोड विनियोजन गरिएकोमा प्राधिकरणले १९ अर्ब ५२ करोड रूपैयाँ खर्च गरेको छ।
प्रसारण लाइनतर्फ वित्तीय प्रगति ७३.७४ र भौतिक प्रगति ७४.९२ प्रतिशत भएको छ।
कोसी, सोलु, कालीगण्डकी, मर्स्याङदी करिडोर, सिंगटी लामोसाँघु, चिलिमे-त्रिशूली ३ ‘बी’ हब, हेटौंडा–ढल्केबर–इनरुवा, मर्स्याङदी–काठमाडौं, तामाकोसी-काठमाडौंलगायतका आयोजनाहरू निर्माणाधीन रहेको प्राधिकरणले जनाएको छ।
प्रसारण लाइन विस्तारमा सबै आयोजनाले प्रसारण लाइन रूटको दायाँबायाँ पर्ने वन क्षेत्रको जग्गा प्रयोग र निजी जग्गाको क्षतिपूर्तिको समस्या, रूट परिवर्तन गर्न माग गर्दै स्थानीयको अवरोध, ऐलानी जग्गाको उपयोग गर्दा मुआब्जा दिने/नदिने नीतिगत अन्यौलता जस्ता समस्या झेल्नु परेको प्राधिकरणका निर्देशक घिसिङले बताए।
" /> काठमाडौं। गत अर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय प्रसारण लाइनका ६ वटा आयोजनाबाट २८५ सर्किट किलोमिटर प्रसारण लाइन थपिएको नेपाल विद्युत प्रधिकरणले जनाएको छ।प्रसारण लाइनतर्फ २६ अर्ब ४८ करोड विनियोजन गरिएकोमा प्राधिकरणले १९ अर्ब ५२ करोड रूपैयाँ खर्च गरेको छ।

">