काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७ मा सबस्टेसनमा ८४०.४० एमभीए क्षमता थप गरेको जनाएको छ।
प्राधिकरणले गत आवमा आमजनताको विद्युतमाथिको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनीय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियान चलाएको थियो।
प्राधिकरणले १३८.६ एमभीएका चारवटा नयाँ सबस्टेसन सञ्चालनमा आएको जनाएको छ।
त्यस्तै ३७ वटा प्रसारणतर्फका सबस्टेसनको स्तरोन्नति गरेर ५७९.८० एमभीए क्षमताको बनाइएको प्राधिकरणले जनाएको छ। त्यसैगरी वितरणतर्फ २४ सबस्टेसनको निर्माण सम्पन्न भएको छ। ती सबस्टेसनको क्षमता १५२ एमभीए छ।
आर्थिक वर्ष २०७६/७७ मा विद्युत् वितरणतर्फ २५० किलोमिटर ३३ केभी प्रसारण लाइन विस्तार गर्ने लक्ष्य राखिएको थियो। जसमा ४०५ किलोमिटर निर्माण गरिएको प्राधिकरणले जनाएको छ।
वितरण लाइनतर्फको खर्च पनि उत्साहजनक रहेको छ।
गत आवमा वितरण लाइनतर्फ १९ अर्ब ८ करोड विनियोजन गरिएकोमा ९२.०६ प्रतिशत अर्थात् १७ अर्ब ५७ करोड रूपैर्या खर्च भएको छ। आयोजनाहरूको भौतिक प्रगति शतप्रतिशत प्राधिकरणले जनायो।
सरकारले सञ्चालनमा रहेको र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत् आपूर्ति गर्न उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ।
यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउने लगायतका काम गरिरहेको छ।
" /> काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७ मा सबस्टेसनमा ८४०.४० एमभीए क्षमता थप गरेको जनाएको छ।प्राधिकरणले गत आवमा आमजनताको विद्युतमाथिको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनीय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियान चलाएको थियो।

">