इनरुवा। प्रदेश १ को पर्यटक ‘हव’ का रूपमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा पर्यटक आगमनमा कमी आएको छ।
कोरोना भाइरस संक्रमणको जोखिम र लकडाउनका कारण आरक्षमा ३३.५७ प्रतिशतले पर्यटक आगमनमा कमी आएको हो।
आर्थिक वर्ष २०७५/७६ को चैत मसान्तसम्म नेपाली, सार्क मुलुकका र विदेशी गरेर १४ हजार ७१२ पर्यटक आएका थिए।
आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा ११ हजार १४ पर्यटकले कोशीटप्पु वन्यजन्तु आरक्षको अवलोकन भ्रमण गरेको आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले बताए।
आर्थिक वर्ष २०७६/७७ मा नेपाली १० हजार ८२५, सार्क मुलुकका १९ र विदेशी १७० पर्यटकले आरक्षको अवलोकन भ्रमण गरेको चौधरीले जानकारी दिए। रासस
" /> इनरुवा। प्रदेश १ को पर्यटक ‘हव’ का रूपमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा पर्यटक आगमनमा कमी आएको छ।कोरोना भाइरस संक्रमणको जोखिम र लकडाउनका कारण आरक्षमा ३३.५७ प्रतिशतले पर्यटक आगमनमा कमी आएको हो।

">