अर्थमन्त्री भन्छन्- फेरि लकडाउनमा फर्कन सकिन्न
<p>काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले संक्रमितको संख्या बढे पनि फेरि लकडाउन नगर्ने बताएका छन्। उनले अर्थतन्त्रलाई चलायमान बनाउन फेरि लकडाउन गर्ने सम्भावना नहरेको जानकारी दिएका हुन्।</p>
<p>प्रधानमन्त्रीले विभिन्‍न क्षेत्रका विज्ञहरूसँग छलफल गरेको जानकारी दिँँदै उनले भने, “सरकारले स्वास्थ सुरक्षा मापदण्ड पूरा गर्दै आर्थिक क्रियाकलापलाई अगाडि बढाउने प्रयास गरेको छ। त्यसबाट पछाडि फर्कनेभन्दा परिमार्जन गरेर अगाडि बढ्नुपर्छ।”</p>
<p>अर्थमन्त्री डा. खतिवडाले भीडभाड हुने क्षेत्रहरू सञ्चालनमा हतार नगर्ने, तर फेरि आर्थिक क्षेत्र ठप्प नपार्ने संकेत गरे। उनका अनुसार यातायात, शैक्षिक संस्था र भीडभाड हुने क्षेत्र तत्काल खुल्ने सम्भावना छैन।</p>
<p>यस्तै, कोरोना संक्रमितहरूको संख्या बढ्दै गएपछि प्रधानमन्त्रीले विज्ञहरू गरेको छलफलका क्रममा सरकारले खोल्न अनुमति नदिएका क्षेत्रलाई प्रभावकारी रूपमा लागू गर्न विज्ञहरूको सुझाव दिएको उनले बताए।</p>
प्रतिक्रिया दिनुहोस्