काठमाडौं। बीमा समितिले सरकारी कर्मचारीहरूलाई निःशुल्क कोरोना बीमा गर्ने कार्यक्रमको औपचारिक सुरूआत गरेको छ।
आर्थिक वर्ष २०७७/७८ को बजेटको बुँदा नं. ५५ र २८५ को कोरोना बीमासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्दै समितिले सरकारी कर्मचारीहरूको निःशुल्क बीमा गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
समितिले बुधबार पत्रकार सम्मेलन गरी सरकारी कर्मचारीहरूको सामूहिक कोरोना बीमा गर्दा नेपाल सरकारले शतप्रतिशत अनुदान उपलब्ध गराउने बताएको हो।
समितिका अध्यक्ष चिरन्जीवी चापागाईंले सरकारी कर्मचारीको निःशुल्क सामूहिक बीमा गर्ने सम्बन्धमा बजेटले व्यवस्था गरेको कार्यक्रमलाई कार्यान्वयनमा ल्याइएको बताए।
उनले नागरिकले आफ्नो परिवारको सामूहिक बीमा गर्दा ५० प्रतिशत अनुदान पाउने व्यवस्थालाई पनि कार्यान्वयनमा ल्याइएको बताएका छन्। परिवारका सबै सदस्यको सामूहिक बीमा गरेमात्रै उक्त अनुदान पाउने अध्यक्ष चापागाईंले बताए। यस्तो बीमालेखको अवधि २०७८ असार मसान्तसम्म मात्र हुने छ।
" /> काठमाडौं। बीमा समितिले सरकारी कर्मचारीहरूलाई निःशुल्क कोरोना बीमा गर्ने कार्यक्रमको औपचारिक सुरूआत गरेको छ।आर्थिक वर्ष २०७७/७८ को बजेटको बुँदा नं. ५५ र २८५ को कोरोना बीमासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्दै समितिले सरकारी कर्मचारीहरूको निःशुल्क बीमा गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

">