काठमाडौं। कोभिड-१९ महामारीको कारण एक चौथाइ श्रमिक तथा कर्मचारीको रोजगारी गुमेको छ।
राष्ट्र बैंकले आज प्रकाशन गरेको ‘कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदन’ले २२.५ प्रतिशत कर्मचारी कटौती गरेको उल्लेख गरेको छ।
कटौती भएकामध्ये अस्थायी/करारका कामदार दुई तिहाइभन्दा धेरै रहेका छन्। होटल तथा रेष्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी/कामदार कटौती गरेको प्रतिवेदनमा उल्लेख छ। लकडाउनको अवधिमा घरेलु उद्योग र लघु उद्यम/साना खुद्रा व्यापारहरूले अन्यको तुलनामा धेरै कर्मचारी÷कामदार कटौती गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ।
राष्ट्र बैंकले जेठ २६ गतेदेखि असार १० गतेसम्म गरेको सर्वेक्षणमा ५२ जिल्लाका ६७४ उद्योगी/व्यवसायीहरू समेटिएका थिए।
सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरूले औसतमा १८.२ प्रतिशत तलब कटौती गरेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। तलब कटौती गर्नेमा होटल तथा रेष्टुरेन्ट, यातायात तथा भण्डारण र शिक्षा क्षेत्र अगाडि रहेका छन्। यस्तै ठूला उद्योग/व्यवसायहरूले अन्यको तुलनामा धेरै तलब कटौती गरेका छन्।
बन्दाबन्दी अवधिमा गरिएको सर्वेक्षणमा संलग्नमध्ये ३९ प्रतिशत उद्योग व्यवसाय पूर्ण वा आंशिकरूपमा सञ्चालनमा रहेका, ६१ प्रतिशत उद्योग व्यवसाय पूर्णरूपमा बन्द भएका पाइएको छ।
यस्तै, बन्दाबन्दीको अवधिमा ९६ दशमलव ७ प्रतिशत उद्योग व्यवसायहरूको उत्पादन क्षमता र कारोबार ७३ दशमलव ८० प्रतिशत घटेको राष्ट्र बैंकले बताएको छ।
सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुले बन्दाबन्दीपश्चात् सामान्य अवस्थामा फर्कन औसतमा करिब ९ महिना लाग्ने बताएका छन्। होटल तथा रेष्टुरेण्ट क्षेत्रलाई सामान्य अवस्थामा फर्कन १३ महिना लाग्ने देखिएको छ।
८२.३ प्रतिशत उद्योग/व्यवसायहरूले बन्दाबन्दीपश्चात् अहिलेकै व्यवसायलाई निरन्तरता दिने देखिएको भएतापनि केहीले व्यवसाय बिक्री वा बन्द गर्न चाहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।
" /> काठमाडौं। कोभिड-१९ महामारीको कारण एक चौथाइ श्रमिक तथा कर्मचारीको रोजगारी गुमेको छ।राष्ट्र बैंकले आज प्रकाशन गरेको ‘कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदन’ले २२.५ प्रतिशत कर्मचारी कटौती गरेको उल्लेख गरेको छ।

">