उद्योग परिसंघले गठन गर्यो ऊर्जा विकास परिषद्
काठमाडौं। नेपाल उद्योग परिसंघले ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि नीतिगत व्यवस्थामा सुधार गर्दै सरकारसँग सहकार्य गर्ने लक्ष्यसहित ऊर्जा विकास परिषद्को पुर्नगठन गरेको छ।
परिसंघले ऊर्जा क्षेत्रमा देखिएको थप सम्भावना र चुनौतिहरूको विश्लेषण गरि ऊर्जा क्षेत्रको रणनीतिका साथै नीतिगत व्यवस्था एवम् छलफलमार्फत विकास र विस्तार गर्न परिषद्को गठन गरेको जानकारी दिएको छ।
नेपाल सरकारले सार्वजनिक निजी साझेदारीमार्फत ऊर्जा क्षेत्रको विकासमा उल्लेख्य वृद्धि गर्नसक्ने सम्भावना रहेकोले सरकारसँग नीतिगत छलफलको माध्यमबाट ऊर्जालाई नाफामूलक उद्योगको रुपमा विकास गर्न परिषद्ले सहयोग गर्ने परिसंघको भनाई छ।
हाल ऊर्जा क्षेत्रमा सबभन्दा कम प्रतिव्यक्ति आय भए पनि हाल नेपालमा ऊर्जा क्षेत्रमा कूल बजेटभन्दा बढी खर्च भएको देखिन्छ।
यसैगरी दाउरामा परनिर्भरता हुनु र गोबर ग्यास बालेर कृषिमा प्रयोग हुने मलखाद कृषि क्षेत्रमा उपयोग नगरी खेर गइरहेको छ।
आन्तरिक मागको ४ प्रतिशत मात्र ऊर्जा उपलब्ध भएको नेपालमा आन्तरिक मागको २० प्रतिशत ऊर्जा मात्र व्यवसायिक प्रयोजनमा र बाँकी ८० प्रतिशत ऊर्जा गैर-व्यवसायिक क्षेत्रमा उपायोग भइरहेको बताइएको छ।
विगत वर्षमा नेपाल सरकारले राम्रो नीतिगत व्यवस्था गरेको कारण ऊर्जा क्षेत्रले वर्तमान अवस्थामा फड्को मार्न सफल भएको बताउँदै परिसंघले भनेको छ, “निजी क्षेत्रमा २५ सय मेगावाट विद्युत उत्पादन भएको छ भने ५ हजार बढीको लागि सम्भाव्यता अध्ययन भइरहेको छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्