भर्जिन ग्लाक्टिकले बनायो लन्डनबाट सिड्नी ५ घण्टामा पुग्ने विमान
<p>काठमाडौं। बेलायती अन्तरिक्ष विमान निर्माता कम्पनी भर्जिन ग्लाक्टिकले ध्वनीभन्दा तीन गुणा तीव्र गतिमा उड्न सक्ने सुपरसोनिक यात्रुबाहक विमान सार्वजनिक गरेको छ। </p>
<p>प्रतिघण्टा ३ हजार ७ सय किलोमिटरको गतिमा उड्न सक्ने यो विमान लन्डनबाट सिड्नी मात्र ५ घण्टामा पुग्ने छ। त्यस्तै, लन्डनबाट न्युयोर्क दुईघण्टा भन्दा कममा पुग्ने छ।</p>
<p>भर्जिनले इन्जिन निर्माता कम्पनी रोल्स रोइससँगको सहकार्यमा यो विमान बनाएको हो। यो डेल्टा-विङ्ग विमान १८ हजार ३०० मिटरको उचाईसम्म उड्न सक्छ। तर, यो विमानले ९ देखि १९ जना मात्र यात्रु बोक्न सक्छन्।</p>
<p>निर्माता कम्पनीले केही परीक्षण उडान भइसकेको र २०२१ मा थप उडान पश्चात प्रयोगमा ल्याउने बताएको छ।</p>
प्रतिक्रिया दिनुहोस्