काठमाडौं। ९० दिनसम्म चलेको लकडाउनले रियल स्टेट व्यवसाय र होटल तथा रेस्टुरेन्ट व्यवसाय सबैभन्दा बढी प्रभावित बनेका छन्।
सबैभन्दा बढी प्रभावित भएकाले यी दुई क्षेत्र सामान्य अवस्थामा आउन कम्तीमा १३ महिना लाग्ने देखिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार रियल स्टेट व्यवसाय पुरानै अवस्थामा आउन १३ महिनाभन्दा बढी समय लाग्ने देखिएको हो।
होटल तथा रेस्टुरेन्ट व्यवसाय सामान्य अवस्थामा फर्किनसमेत १३ महिना लाग्ने राष्ट्र बैंकले बताएको छ।
यस्तै, लकडाउनले प्रभावित बनेका उद्योग र व्यवसाय सामान्य अवस्थामा फर्किन औसत नौ महिना लाग्ने प्रतिवेदनमा उल्लेख छ।
लकडाउन अवधिमा गरिएको अध्ययनअनुसार १४ क्षेत्रमध्ये सञ्चार क्षेत्र सबैभन्दा छिटो लयमा फर्कने छ। यस्तै, स्वास्थ र सामाजिक कार्य पनि कम्तीमा पाँच महिनामै सामान्य अवस्थामा फर्किने छन्।
राष्ट्र बैंकले जेठ २६ देखि असार १० गतेसम्म विभिन्न ५२ जिल्लाका ६७४ उद्योगलाई अध्ययनमा समेटेको थियो।
औद्योगिक वर्गीकरणअनुसार सामान्य अवस्थामा फर्कन लाग्ने समय । स्राेत: नेपाल राष्ट्र बैंक
रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपालका अध्यक्ष आनन्दराज भण्डारीले देशभरका होटल तथा रेस्टुरेन्ट पुरानै अवस्थामा फर्कन थप समय लाग्न सक्ने सम्भावना रहेको बताए।
उनले भने, “कम्तीमा पनि राष्ट्र बैंकले भनेको समयसम्ममा लय पकड्न सक्दैनौं। फेरि लकडाउन भयो भने सामान्य अवस्थामा आउन सक्ने समय थप बढ्न सक्छ।”
उनले संक्रमितको संख्या बढ्दै जाँदा काममा बोलाएका कर्मचारी फेरि घर जान थालेको बताए।
राष्ट्र बैंकको प्रतिवेदनलाई समर्थन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसाय कम्तीमा पनि एक सिजन पछाडि धकेलिएको बताए।
उनले कोरोनाको संक्रमण सामान्य बन्दै गएमा मंसिरदेखि काम सुरू गर्ने लक्ष्य लिए पनि संक्रमितको संख्या बढ्दै जाँदा थप अन्योल भएको बताए।
साना उद्योग लयमा फर्कन साढे ९ महिना
राष्ट्र बैंकले उत्पादनमुलक उद्योगहरूमध्ये सबैभन्दा समस्या साना उद्योगलाई रहेको देखाएको छ। जसका कारण साना उद्योग पुरानै अवस्थामा फर्कन सबैभन्दा धेरै साढे नौ महिना लाग्ने छ।
यस्तै, घरेलु र मझौला उद्योग पुरानो अवस्थामा फर्कन आठ महिना लाग्ने बताइएको छ। लघु उद्यम-साना खुद्रा व्यवसाय कोभिड–१९ अघिको अवस्थामा आउन आठ महिनाभन्दा धेरै समय लाग्ने बताइएको छ।
त्यसैगरी, ५० करोड रूपैयाँदेखि माथि पूँजी भएका ठूला उद्योग सामान्य अवस्थामा फर्कन नौ महिनाभन्दा बढी समय लाग्ने देखिएको छ।
" /> काठमाडौं। ९० दिनसम्म चलेको लकडाउनले रियल स्टेट व्यवसाय र होटल तथा रेस्टुरेन्ट व्यवसाय सबैभन्दा बढी प्रभावित बनेका छन्।

">