काठमाडौं। सरकारले नेपालको वैदेशिक व्यापारलाई सहजीकरण र अत्याधुनिक बनाउन पहल सुरू गरेको छ। नेपाली व्यापारीहरूले विदेशबाट गर्ने आयात र नेपालबाट गर्ने निर्यातलाई सहजीकरण गर्ने पहल सुरू गरेको हो।
यसका लागि आवश्यक पर्ने सात जना कर्मचारीको अस्थायी दरबन्दी खुला गर्ने स्वीकृति गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले दिइसकेको छ। सरकारका प्रवक्तासमेत रहेका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले वैदेशिक व्यापारमा एकद्वार प्रणाली लागू गर्ने काम अगाडि बढिसकेको जानकारी दिए।
उनले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्दै यस्तो बताएका हुन्। अर्थमन्त्री खतिवडाका अनुसार एकद्वार प्रणाली सुरू भएपछि विभिन्न २१ निकायमार्फत उपलब्ध हुने सेवा एउटै कार्यालयबाट दिइने छ।
जसअनुसार, नेपालले गर्ने सम्पूर्ण वैदेशिक व्यापारसम्बन्धी काम सोही कार्यालयबाट हुनेछ। क्वारेन्टिन, गुणस्तर, परिमाण, बैंकको काम, सहजीकरण, अनुमतिलगायत र भन्सारका सबै काम सोही कार्यालयबाट हुने छ।
भन्सार विभागका महानिर्देशक सुमन दाहालले वैदेशिक व्यापारमा एकद्वार प्रणाली लागू गर्न नेपाल ‘नेसनल सिंगल विन्डो सिस्टम’को काम सुरू गरिएको बताए। उनले नेपालबाट हुने अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी सबै काम एउटै निकायबाट गर्ने गरी एकद्वारको काम अगाडि बढाइएको बताए।
उक्त सिस्टम अर्को वर्षदेखि सञ्चालनमा आउने र सोही सिस्टमको प्रयोग गरेर आयात तथा निर्यातकर्ताले व्यापारसम्बन्धी सम्पूर्ण काम गर्न सक्ने दाहालको भनाइ छ।
उक्त व्यवस्था लागू भएपछि नेपालको वैदेशिक व्यापार छिटो, छरितो र सहज रूपमा हुने बताइएको छ।
" /> काठमाडौं। सरकारले नेपालको वैदेशिक व्यापारलाई सहजीकरण र अत्याधुनिक बनाउन पहल सुरू गरेको छ। नेपाली व्यापारीहरूले विदेशबाट गर्ने आयात र नेपालबाट गर्ने निर्यातलाई सहजीकरण गर्ने पहल सुरू गरेको हो।यसका लागि आवश्यक पर्ने सात जना कर्मचारीको अस्थायी दरबन्दी खुला गर्ने स्वीकृति गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले दिइसकेको छ। सरकारका प्रवक्तासमेत रहेका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले वैदेशिक व्यापारमा एकद्वार प्रणाली लागू गर्ने काम अगाडि बढिसकेको जानकारी दिए।

">