टिकटक प्रतिबन्ध लगाउने आदेशमा ट्रम्पले हस्ताक्षर गरे, ४५ दिनपछि लागू हुने

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सर्ट भिडिओ एप टिकटक र विच्याट प्रतिवबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन्।

ट्रम्पले हस्ताक्षर गरेको ओदश ४५ दिनपछि लागू हुने रोयटर्सले बताएको छ। राष्ट्रपति ट्रम्पले आफ्नो कदमबाट अमेरिकी राष्ट्रिय सुरक्षाको हित हुने बताएका छन्।

उक्त आदेशपछि आगमी ४५ दिनपछि टिकटकको प्यारेन्ट कम्पनी बाइडान्ससँग कुनै पनि आर्थिक कारोबार हुने छैन।

उक्त आदेशमा भनिएको छ, “अमेरिकाको सुरक्षाका लागि टिकटकको मालिक विरुद्ध आक्रामक कदम उठाउन आवश्यक छ।”

अमेरिकी कम्पनी माइक्रोसफ्टले टिकटकको स्वामित्व खरिद गर्न चाहिरहेको समयमा ट्रम्पले टिकटकविरुद्ध यस्तो आदेश दिएका हुन्।

रोयर्टस

प्रतिक्रिया दिनुहोस्