काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले ‘थ्रीडी सेक्युअर’ सेवा सुरू गरेको छ।
बैंकले भारतको आइजिलियन्ट टेक्नोलोजीसँगको सहकार्यमा थ्रीडी सेक्युअर भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्ड सेवा सुरू गरेको हो।
‘‘बैंकको भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरिद गर्न मात्र सीमित नभई अब यी कार्डहरूबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलै र सुरक्षितरूपमा सामान खरिद गर्न सकिन्छ,’’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
थ्रीडी सेक्युअर सेवामा ग्राहकले कार्ड प्रयोग गर्दा वान टाइम पासवर्ड (ओटीपी) आफ्नो आधिकारिक मोबाइल वा इमेलमा प्राप्त गर्न सक्नेछन्।
उक्त सेवामा कार्ड र ओटीपी दुवै आवश्यक पर्ने हुँदा कारोबार पूर्णरूपले सुरक्षित हुने बैंकले जनाएको छ।
" /> काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले ‘थ्रीडी सेक्युअर’ सेवा सुरू गरेको छ।बैंकले भारतको आइजिलियन्ट टेक्नोलोजीसँगको सहकार्यमा थ्रीडी सेक्युअर भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्ड सेवा सुरू गरेको हो।

">