काठमाडौं। इलामका चिया बगानले चियाको हरियो पत्ती भारतको दार्जलिङतर्फ निकासी गर्दा त्यहाँका स्थानीय चिया उद्योग संकटमा परेका छन्।

भारतीय सीमावर्ती क्षेत्रको नजिक रहेको सूर्योदय नगरपालिका भित्रका चिया किसानले वर्खा यामको सिजनको चियाका पत्ती भारतीय उद्योगीहरूलाई बिक्री गरिरहेका छन्। अहिले दैनिक ३० देखि ४० हजार किलो हरियो चिया दार्जलिङ निकासी भइरहेको व्यवसायीहरूले बताएका छन्।

उक्त कच्चा पदार्थबाट करिब नौ हजार किलोग्राम तयारी चिया बन्छ। प्रतिकिलोग्राम ३०० रूपैयाँका दरले बजारमा बिक्री हुँदा पनि दैनिक २७ लाख बराबरको चिया भारततर्फ गइरहेको चिया उद्योगीहरूले बताएका छन्।

यतिधेरै परिमाणमा चिया दार्जलिङको उद्योगमा जाँदा स्थानीय र केन्द्रीय सरकारले भने कुनै राजश्व पाउँदैनन्। इलामबाट दार्जलिङतर्फको छब्बिसे, खोला गोदाम, नाखापानी र हिले भञ्ज्याङहुँदै अवैध रूपमा चियाको हरियो पत्ती निकासी हुने गरेको चिया उद्योगी पुनम राईले बताए। राई आरूबोटे टी–स्टेट प्रालिका सञ्चालक हुन्।

“इलामबाट घोडा र गाडीमा चियाका हरियो पत्ती सीमा क्षेत्रमा पुर्‍याउँछन्। त्यहाँ भारतीय व्यापारीहरू गाडी लिएर इलामको चिया लिन आउने गरेका छन्। कच्चा पदार्थ भारतीय बजारमा जाँदा नेपालका चिया उद्योग संकटमा परेका छन् भने भारतीयहरू नेपाली भूभागमा आउँदा कोरोना संक्रमणको डर पनि उत्तिकै भएको छ,” उद्योगी राईले भने।

सूर्योदय नगरपालिकाभित्र मात्रै करिब ७० वटा चिया उद्योग रहेको र एउटा उद्योगमा कम्तीमा एक करोड रूपैयाँ लगानी रहेको चिया उद्योगीहरू बताउँछन्। यी सबै उद्योगले करिब चार हजार मानिसलाई रोजगारी दिएको उद्योगीहरूको दाबी छ। किसानहरूले भने भारतीय चिया उद्योगीले बढी पैसा दिने भएको कारण चियाको पत्ती नेपाली उद्योगीलाई नदिएर भारतमा बिक्री गर्ने गरेको बताए।

नेपाली उद्योगीले प्रतिकिलो करीब २० रूपैयाँ र भारतीयहरूले प्रतिकिलो ३५ रूपैयाँसम्म चिया किसानलाई दिने गरेको एक किसानले बताए। “नेपाली उद्योगीहरूले हरियो चियाको उचित मूल्य दिएमा चिया बाकेर सिमानासम्म पु¥याउनै पर्दैन। यहीका उद्योगीहरूलाई बेच्न तयार छौं”, ती किसानले भने।

नेपालबाट दैनिक लाखौं मूल्य बराबरको हरियो चिया भारतर्फ निकासी भइरहँदा त्यसबाट राज्यले कुनै फाइदा लिन नसकेको चिया उद्योगीहरूको भनाई छ।

सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले भने उद्योगीहरूको दावी सही नभएको बताए। “यहाँका उद्योगीहरूले उचित मूल्य दिन चाहँदैनन। किसानले त जहाँबाट बढी पैसा आउँछ त्यहीँ सामान बिक्री गर्ने हो,” राईले भने, “सीमा नाकामा के समस्या हो हेरिदिनू भनेर गृह मन्त्रालयबाट पत्र पनि आएको छ। सीमा नाकाको आवत जावतलाई व्यवस्थित गर्दैछौं।”

सूर्योदय नगरपालिकाभित्र अहिले दैनिक ३० हजार किलो बिक्री गर्ने गरी चिया उत्पादन नै नहुने नगरप्रमुख राईको दावी छ।

नेपालको चियामा भारतको ब्राण्डिङ
भारतीय र तेस्रो बजारमा नेपालको भन्दा दार्जलिङको चिया गुणस्तरीय भनेर भारतले बजार प्रवर्द्धन गरेको छ। भारतीय बजारमा पनि नेपाली चियाको तुलनामा दार्जलिङमा उत्पादन भएको चियाले बढी मूल्य पाउने गरेको छ।

तर, दार्जलिङका चिया उद्योगीहरूले भने नेपालबाट हरियो चिया लगेर तयारी चिया उत्पादन गर्ने गरेका छन्। नेपालबाट लगेको कच्चा पदार्थमा बनेको चियालाई नै भारतीयहरूले दार्जलिङको चिया भनेर ब्राण्डिङ गरिरहेको इलामका चिया उद्योगी बुद्ध योञ्जनले बताए। “भारतीयहरू नै नेपालको चिया गुणस्तरीय छैन भन्छन्। फेरि उनीहरू नै इलामबाट चियाको हरियो पत्ती लगिरहेका छन्”, उनले भने।

" /> काठमाडौं। इलामका चिया बगानले चियाको हरियो पत्ती भारतको दार्जलिङतर्फ निकासी गर्दा त्यहाँका स्थानीय चिया उद्योग संकटमा परेका छन्।

"> चियाका पत्ती भारत निकासी हुँदा इलामका चिया उद्योग संकटमा: Dekhapadhi
चियाका पत्ती भारत निकासी हुँदा इलामका चिया उद्योग संकटमा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्