काठमाडौं। यो साता (आइतबारदेखि बिहीबारसम्म) शेयर बजारमा नेप्से परिसूचक उच्च अंकले ओरालो लाग्यो। यो साता चार दिन मात्रै शेयर कारोबार भयो। उक्त कारोबारमा नेप्से परिसूचक ५७ दशमलव ६९ अंकले तल झरेको छ।
गत साताको कारोबारको अन्तिम दिन अर्थात साउन १५ गते एक हजार ४३९ दशमलव शून्य ६ विन्दुमा रहेको नेप्से परिसूचक साउन २२ गते बिहीबार बजार बन्द हुँदा एक हजार ३८१ दशमलव ३७ विन्दुमा ओर्लिएको छ।
यो साताको पहिलो दिन नै शेयर बजारले ४२ दशमलव ७८ अंकको उच्च गिरावट सामाना गर्नुपरेको थियो। कारोबार भएको चार दिनमा एक दिन १९ गते सोमबार मात्र बजार बढेको थियो भने बाँकी दिन घटेको छ। सोमबार भने ७ दशमलव ५९ अंकले बजार बढेको थियो ।
गत साताको तुलनामा यो साता कारोबार रकम पनि रू. २ अर्ब ७३ करोड ५८ लाख ८५ हजार कम भएको छ। गत साता कूल कारोबार रकम ८ अर्ब २ करोड २३ लाख ४० हजार रूपैयाँ रहेकोमा यस साता ५ अर्ब २८ करोड ६४ लाख ५५ हजार रूपैयाँ बराबरको कारोबार भएको छ।
साताको चार कारोबार दिनमा लगानीकर्ताहरूले ७२ अर्ब ४७ करोड ८० लाख बराबरको सम्पत्ति गुमाएका छन्। गत साता १८ खर्ब ९४ अर्ब ५२ करोड १७ लाख रूपैयाँ रहेको लगानीकर्ताको सम्पत्ति अर्थात कूल बजार पूँजीकरण रकम यो साता यस साता १८ खर्ब २२ अर्ब ९० करोड ८ लाख रूपैयाँ कायम भएको छ।
गत साताको तुलनामा ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ४ अंकले घटेको छ। गत साता ३०० दशमलव ९५ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता २८९ दशमलव ५५ विन्दुमा ओर्लिएको हो। यस साता सर्वाधिक कारोबार गर्ने १० ओटा कम्पनीमध्ये पहिलो नम्बरमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ। उक्त कम्पनीको सातामा रू. ५८ करोड १० लाख १७ हजार बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, सातामा सर्वाधिक कारोबार गर्ने दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। यस कम्पनीको ३९ करोड ४० लाख बराबरको शेयर कारोबार भएको हो। यो साता सर्वाधिक कारोबार गर्ने तेस्रो नम्बरमा प्रभु बैंकको संस्थापक शेयर रहेको छ। यस अवधिमा प्रभु बैंकको ३४ करोड २० लाख ९६ हजार बराबरको संस्थापक शेयर कारोबार भएको हो।
" /> काठमाडौं। यो साता (आइतबारदेखि बिहीबारसम्म) शेयर बजारमा नेप्से परिसूचक उच्च अंकले ओरालो लाग्यो। यो साता चार दिन मात्रै शेयर कारोबार भयो। उक्त कारोबारमा नेप्से परिसूचक ५७ दशमलव ६९ अंकले तल झरेको छ।गत साताको कारोबारको अन्तिम दिन अर्थात साउन १५ गते एक हजार ४३९ दशमलव शून्य ६ विन्दुमा रहेको नेप्से परिसूचक साउन २२ गते बिहीबार बजार बन्द हुँदा एक हजार ३८१ दशमलव ३७ विन्दुमा ओर्लिएको छ।

">