धितोपत्र बजार : ३७ अंकले बढ्यो नेप्से

काठमाडाैं। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ३७ अंकले बढेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३७.७४ अंकले बढेर एक हजार ४३०.४१ पुगेको छ।

यस्तै सेन्सेटिभ परिसूचक ७.६३ अंकले बढेर २९८.६४ पुगेको छ।

स्टकका अनुसार आज कूल १८९ कम्पनीका ४२ लाख ५२ हजार ८०८ कित्ता शेयर एक अर्ब ५५ करोड ५५ लाख १८ हजार ९२३ रूपैयाँमा खरिदबिक्री भयो।

आज कारोबार भएका कूल १२ मध्ये एक उपसमूहको शेयर मात्र ओरालो लागेको छ।

सामूहिक लगानी कोष ०.०३ अंकले ओरालो लाग्दा बैंकिङ ३२.९३, व्यापार १०.१४, होटल ५८.१, विकास बैंक ५५.४१, जलविद्युत् २३.२३, वित्त ७.६७, निर्जीवन बीमा २८३.०८, उत्पादन ५४.८६, अन्य १२.६३, लघुवित्त ७१.५७ र जीवन बीमा २२३.१५ अंकले उकालो लागे।

कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको शेयर सात करोड १६ लाख ३९ हजार ८८ मा खरिदबिक्री भयो।

यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ८१ लाख ५० हजार २८३, एनआइसी एसिया बैंकको पाँच करोड ३८ लाख १६ हजार ६६३, अजोड इन्स्योरेन्सको चार करोड ८४ लाख २२ हजार ४४५ र एनएमबी बैंकको शेयर तीन करोड ३९ लाख ७८ हजार ९६ रूपैयाँमा कारोबार भई शीर्ष स्थानमा रहे।

आज साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९.८६ प्रतिशतले कमाए।

यस्तै अजोड इन्स्योरेन्स कम्पनी ९.८५, घोडीघोडा लघुवित्त वित्तीय संस्था ८.७०, एभरेष्ट इन्स्योरेन्स ८.५८ र साङ्ग्रीला डेभलपमेन्ट बैंकका शेयरधनीले ८.३९ प्रतिशतले कमाए।

दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ५.७० प्रतिशतले गुमाए।

यस्तै गुराँस लघुवित्त वित्तीय वित्तीय संस्था ४.७६, वेष्ट फाइनान्स कम्पनी ३.९२, खानीखोला हाइड्रोपावर ३.९२ र घलेम्दी हाइड्रोपावरका शेयरधनीले ३.४५ प्रतिशतले गुमाए। रासस

प्रतिक्रिया दिनुहोस्