काठमाडौं। अध्यागमन विभागले आजबाट भिसा सेवा स्थगित गरेको छ।
विभागले आज सूचना जारी गरी अर्को सूचना नभएसम्मका लागि भिसा सेवा स्थगन गरेको जानकारी दिएको छ।
विभागका एक कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि भिसा सेवा स्थगन गरिएको हो। विभागका ५७ जना कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा एक जनाकाे रिपाेर्ट पोजिटिभ आएकाे थियाे।
‘‘कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरी यस विभागबाट नियमितरूपमा हुँदै आएको भिसा सेवा साउन २६ गते सोमबारबाट अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’’ विभागद्वारा जारी सूचनामा उल्लेख छ।
विभागले अत्यन्त जरूरी काम परेको अवस्थामा विभागबाट तोकिएका कर्मचारीहरूलाई सम्पर्क गर्नसमेत अनुरोध गरेको छ।
" /> काठमाडौं। अध्यागमन विभागले आजबाट भिसा सेवा स्थगित गरेको छ।

">