काठमाडौं। उपत्यकाकासहित काभ्रेपलाञ्चोक जिल्लामा भदौ १० गतेदेखि पानीको नयाँ मूल्य निर्धारण हुने भएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजारमा पानीको जथाभावी मूल्य कायम गरिएकाले विभिन्न उद्योगको स्थलगत अध्ययन तथा निरीक्षणपछि मूल्य समायोजन गरिएको जनाएको छ।
मूल्य निर्धारण कार्यदलका संयोजक एवं विभागका बजार अनुगमन शाखाका निर्देशक सागर मिश्रका अुनसार विभिन्न २१ पानी उद्योगको निरीक्षणपछि मूल्य निर्धारण गरिएको हो। पानी उद्योगको स्थलगत निरीक्षण तथा पानीका जार र बोतलको मूल्य निर्धारण सम्बन्धमा गठन गरिएको कार्यदलले पानी उद्योगले उपलब्ध गराएको सूचीलाई पाँच क्षेत्रमा विभाजन गरी प्रत्येक क्षेत्रबाट चारचार उद्योग नमूनाका लागि छनोट गरेर निरीक्षण गरेको थियो ।
नयाँ मूल्यअनुसार प्रतिजारको मूल्यमा दश तथा प्रतिलिटर बोतलको पानीमा दुई रुपैयाँ घटाइएको छ। यसअनुसार अब जारको अधिकतम खुद्रा मूल्य ५० रुपैयाँ र प्रतिबोतल पानीको १६ रुपैयाँ पर्नेछ।
" /> काठमाडौं। उपत्यकाकासहित काभ्रेपलाञ्चोक जिल्लामा भदौ १० गतेदेखि पानीको नयाँ मूल्य निर्धारण हुने भएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजारमा पानीको जथाभावी मूल्य कायम गरिएकाले विभिन्न उद्योगको स्थलगत अध्ययन तथा निरीक्षणपछि मूल्य समायोजन गरिएको जनाएको छ।

">