काठमाडौं। कृषि प्रधान देशका रूपमा परिचित नेपालको प्रमुख नगदेबाली हो धान। नेपालमा उत्पादन हुने कृषिजन्य वस्तुमा धान अग्रस्थानमा पर्छ। र, नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी)मा पनि राम्रै योग्दान धानको रहेको छ। तर, नेपालले त्यही प्रमुख कृषि बाली धान वर्षेनी अर्बौं रूपैयाँको विदेशबाट आयात गर्दै आएको छ।
प्रत्येक वर्ष धानको आयात उकालो लागिरहँदा नेपालको खेतीयोग्य जमिनको क्षत्रफल भने खुम्चिँदो छ। खासगरी, युवाहरू विदेशिने क्रम बढ्दै जाँदा र खेतीयोग्य जमिनमा मानव वस्ती बिस्तार हुँदा खेतीयोग्य जमिन घट्दै गइरहेको हो। फलस्वरूपः हरेक वर्ष नेपालमा आयात हुने धानको परिणाम र मूल्य उकालो लाग्दै गएको भन्सार विभागको तथ्यांकले पुष्टी गर्छ।
कृषिविज्ञ कृष्ण पौडेल सरकारले कृषि क्षेत्रलाई आधुनिक बनाउन लगानी नगर्दा वर्षेनी आयातको खाडल बढ्दै गएको बताउँछन्। उनका अनुसार कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर सरकार अगाडि नबढ्दा यस्तो समस्या आएको हो। यस्तै, धान उत्पादन हुने नेपालको सीमा क्षेत्रलाई राज्यले वेवास्ता गर्दा समेत धानको आयात बढ्दै गइरहेको उनको भनाइ छ।
यद्यपि, कृषि विभागकाका सूचना अधिकारी महादेवप्रसाद पौडेल भने पाँच वर्षमा नेपाल धान उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको बताउँछन्।
पहिलो पटक रोप्नुअघि नै तोकियो समर्थन मूल्य
सरकारले आगामी चालू आर्थिक वर्षमा धानको उत्पादन एक लाख मेट्रिक टनले बढ्ने अनुमान गरेको छ। सोहीअनुसार, धान खेती गर्ने कृषकहरूको नाफा सुनिश्चित गर्न धान खेती लगाउनुअघि नै समर्थन मूल्य तोकिसकेको छ। कृषि मन्त्रालयको सिफारिस तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले धानको समर्थन मूल्य तोकिसकेको हो।
गएको २ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले मोटा धानको प्रतिक्वीन्टल समर्थन मूल्य दुई हजार ७३५ रूपैयाँ र मध्यम धानको प्रतिक्वीन्टल समर्थन मूल्य दुई हजार ८८५ रूपैयाँ तोकेको हो।
कुन–कुन देशबाट हुन्छ आयात ?
नेपालको दक्षिण छिमेकी मुलुक भारतबाट सबै भन्दाधेरै धानको आयात हुँदै आएको छ। भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष भारतबाट नेपालमा तीन लाख ४५ हजार टन धान आयात भएको थियो। यस्तै, भारतबाटै २१ टनभन्दा बढी धानको बिउ समेत आयात भएको तथ्यांक छ। गत वर्ष नेपालले कूल तीन लाख ४६ हजार टन धान आयात गरेकोमा तीन लाख ४५ हजार टनभन्दा बढी धान भारतबाटै ल्याइएको थियो।
त्यसबाहेक बाँकी परिमाण चीन र थाइल्याण्डबाट आयात भएको देखिएको छ। तर, भारतबाहेकका मुलुकबाट थोरै परिमाणमा मात्रै आयात भइरहेकाले धानमा हामी भारतसँगै निर्भर रहेको तथ्यांकले देखाउँछ। पछिल्लो तीन वर्षको तथ्यांक विश्लेषण गर्दा नेपालमा धानको आयात वर्षेनी बढिरहेको पाइन्छ। गत आर्थिक वर्षमा मात्रै नेपालले कूल ११ अर्ब १८ करोड रूपैयाँभन्दा बढी मूल्यको धान आयात गरेको छ।
बढ्दैछ उत्पादन
आयात बढ्दै गएपनि नेपालमा पछिल्लो पाँच वर्षमा धानको उत्पादन २९ प्रतिशतले बढेको छ। कृषि तथा पशुपन्छी मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ मा ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। जुन, आर्थिक वर्ष २०७६/७७ सम्म आइपुग्दा १२ लाख ५१ हजार मेट्रिक टनले बढेर ५६ लाख ५० हजार मेट्रिक टन पुगेको छ। यद्यपी, अघिल्लो वर्ष २०७५/७६ मा हालसम्मकै उच्च अर्थात ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो।
तर, अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा धानको उत्पादन ६० हजार मेट्रिक टनले घटेको देखिन्छ। नेपालमा वार्षिक धान खपत ६६ लाख मेट्रिक टन छ। जसअनुसार नेपालको उत्पादनले खपत क्षमता धान्न थप ११ लाख मेट्रिक टन धान उत्पादन हुनुपर्छ।
समयमा रोपाईं हुन नसकि केही जमिन बाँझो रहेको, मनसुन ढिलो शुरू भएको, केही स्थानमा किराको प्रकोप तथा बिउकाे समस्या देखिएकाले गत वर्ष नेपालमा धानको उत्पादन घटेको सरकारी विश्लेषण छ। यसका साथै, युवाहरू वैदेशिक रोजगारीमा जानु तथा उत्पादनयोग्य जमिनमा घर/घडेरी निर्माण गरिँदा धान उत्पादन हुने खेतीयोग्य जमिनको क्षेत्रफल खुम्चिँदै गएको छ।
" /> काठमाडौं। कृषि प्रधान देशका रूपमा परिचित नेपालको प्रमुख नगदेबाली हो धान। नेपालमा उत्पादन हुने कृषिजन्य वस्तुमा धान अग्रस्थानमा पर्छ। र, नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी)मा पनि राम्रै योग्दान धानको रहेको छ। तर, नेपालले त्यही प्रमुख कृषि बाली धान वर्षेनी अर्बौं रूपैयाँको विदेशबाट आयात गर्दै आएको छ।प्रत्येक वर्ष धानको आयात उकालो लागिरहँदा नेपालको खेतीयोग्य जमिनको क्षत्रफल भने खुम्चिँदो छ। खासगरी, युवाहरू विदेशिने क्रम बढ्दै जाँदा र खेतीयोग्य जमिनमा मानव वस्ती बिस्तार हुँदा खेतीयोग्य जमिन घट्दै गइरहेको हो। फलस्वरूपः हरेक वर्ष नेपालमा आयात हुने धानको परिणाम र मूल्य उकालो लाग्दै गएको भन्सार विभागको तथ्यांकले पुष्टी गर्छ।

">