काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेपानीको मूल्य समायोजन गर्ने बहानामा खानेपानी उत्पादक र बिचौलियालाई थप फाइदा हुने गरी निर्णय गरिदिएको छ।
विभागले साउन २६ मा खानेपानीको समर्थन मूल्य तोकेको हो। करीब एक महीना खानेपानी उत्पादन गर्ने उद्योग र वितरकहरूको अनुगमन गरेपछि विभागले पानीको समर्थन मूल्य तोकेको हो।
विभागको निर्णयले एक लिटरको बोतलमा बिक्री हुने प्रशोधित पानीको मूल्य घटे पनि काठमाडौंवासीले दैनिकी चलाउन किनेर प्रयोग गर्ने जारको पानीको मूल्य भने बढाइदिएको छ।
अहिले उपत्यकामा २० लिटरको एक जार पानी ३५ देखि ४० रूपैयाँमा उपभोक्ताले खरिद गर्दै आएका छन्। तर, विभागले भने जारको पानीको अधिकतम मूल्य भनेर ५० रूपैयाँ तोकिदिएको छ। त्यसैगरी, एक लिटरको बोतलका बिक्री हुने पानीको मूल्य भने १६ रूपैयाँ तोकिएको छ।
विभागले तोकिदिएको मूल्य भन्दै वितरकले भने अब प्रति जार पानीको ५० रूपैयाँमा बिक्री गर्ने हुँदा उपभोक्ता मारमा पर्ने उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले बताए। वाणिज्य विभागको निर्णयकै कारण प्रतिजार पानीको मूल्य १० देखि १५ रूपैयाँसम्म बढ्ने भएको छ।
“उद्योगबाट नाफासहित बेच्दा एक बोतल पानीको मूल्य ९ र एक जार पानीको मूल्य २६ रूपैयाँ पर्छ। तर, बोतलको पानीको मूल्य १६ र जारको पानीको मूल्य ५० तोकिँदा उपभोक्ता थप मारमा परेका छन्”, बानियाँले भने।
पानी वितरकले होटल तथा रेष्टुरेन्टबाट प्रतिजार पानीको मूल्य १२५ रूपैयाँसम्म लिने गरेका छन्। विभागले भने १२५ रूपैयाँसम्म लिने गरिएको पानीको मूल्य घटाएर ५० रूपैयाँ कायम गर्नु ठूलो उपलब्धी भएको दावी गरेको छ।
बोतलको पानीको मूल्य समायोजन गरेर प्रचार गर्ने र जारको पानीमा उपभोक्तालाई ठग्ने काम वाणिज्य विभागले नै गरेको बानियाँले बताए।
वाणिज्य विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी भने जारमा बिक्री हुने पानीको मूल्य समायोजन गर्न सक्नु नै ठूलो उपलब्धि भएको बताउँछन्। “पहिलोपटक पानीको मूल्य समायोजन भएको छ। जार र बोत्तलमा बिक्री हुने पानीको मूल्य घटेको छ। पानीका उपभोक्ताको लागि यो ठूलो उपलब्धि हो”, सुवेदीले भने।
विभागले ३० वटा उद्योगको अनुगमन गर्ने क्रममा तीन वटा उद्योगलाई सिलसमेत गरेको थियो। उक्त अनुगमनबाट पानीमा उद्योगी र व्यापारीहरूले उच्च नाफा लिने गरेको पत्ता लागेको सुवेदीले बताए।
हुन त विभागले २०७३ सालमा पनि पानीको समर्थन मूल्य तोकिए पनि कार्यान्वय हुन सकेको थिएन। यसपटक तोकिएको मूल्य भदौ १० देखि कार्यान्वयन हुने बताइएको छ।
बोतलको पानीको मूल्य घट्दा उत्पादक खुसी
विभागले भदौ १० देखि लागू हुने गरी बोतल र जारको पानीको मूल्य घटाउँदा उत्पादक भने खुसी देखिएका छन्। नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष सुवास भण्डारीले पानीको मूल्य समायोजन हुँदा पानी उद्योगलाई धेरै समस्या नभएको बताए।
उनले भने, “यसअघि पनि उद्योगले पाउने उत्पादन लागत थोरै नै थियो। सस्तो मूल्यमा बिचौलियालाई पानी बेच्न बाध्य हुन्थ्यौं। तर, बिचौलियाले महँगोमा पानी बेच्थे।”
उनका अनुसार एक बोतल पानी उत्पादन गर्दा नाफासहित साढे १२ रूपैयाँ लागत पर्छ। उक्त मूल्यबाट केही प्रतिशत नाफा झिक्दा प्रतिबोतल १०/११ रूपैयाँमा पानी बेच्न सकिन्छ।
११ रूपैयाँमा उद्योगबाट किनेको पानी विक्रेताले अब वाणिज्य विभागले तोकेको मूल्यअनुसार अधिकतम १६ रूपैयाँमा बेच्नुपर्छ। यसअघि बोतलको पानी किन्दा कम्तीमा पनि २० रूपैयाँ तिर्नुपर्दथ्यो।
" /> काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेपानीको मूल्य समायोजन गर्ने बहानामा खानेपानी उत्पादक र बिचौलियालाई थप फाइदा हुने गरी निर्णय गरिदिएको छ।विभागले साउन २६ मा खानेपानीको समर्थन मूल्य तोकेको हो। करीब एक महीना खानेपानी उत्पादन गर्ने उद्योग र वितरकहरूको अनुगमन गरेपछि विभागले पानीको समर्थन मूल्य तोकेको हो।

">