काठमाडौं। सरकारले भर्खरै नियुक्त गरेका लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील भट्टलाई तत्काल कामकाज गर्न रोक लगाएको छ।
अयोग्य व्यक्तिलाई लगानी बोर्डको सिईओ नियुक्त गरेको र त्यसलाई बदर गर्नुपर्ने माग गर्दै साउन २६ गते उच्च अदालत पाटनमा रिट परेको थियो।
उक्त रिटको आज सुनुवाई गर्दै मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भट्टलाई साउन ३२ सम्म नियमित कामकाज नगर्न आदेश दिएको हो।
अधिवक्ता जयबहादुर भुजेलले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गरेर भट्टलाई कामकाज गर्न रोक लगाउन माग गरेका थिए। तर, उच्च अदालतले भने अल्पकालीन अन्तरिम आदेश मात्रै दिएको छ।
“सरकारको नियुक्ती सम्बन्धी निर्णय अहिले जेजस्तो अवस्था छ त्यही अवस्था राख्नू, कार्यान्वयन नगर्नू र सुशील भट्टलाई पनि नियमित कामकाज नगर्नू भन्ने अल्पकालिन अन्तरिम आदेश भएको छ”, उच्च अदालत पाटनका प्रवक्ता शम्भुप्रसाद रेग्मीले भने।
अदालतले दुवै पक्ष राखेर छलफल गर्नका लागि साउन ३२ गतेको मिति तोकेको छ। उक्त दिन आज जारी भएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने बारेमा निर्णय हुनेछ।
मन्त्रीपरिषदको १९ गतेको बैठकले भट्टलाई लगानी बोर्डको सिईओमा नियुक्त गर्ने निर्णय गरेको थियो।
लगानी बोर्डका उपाध्यक्ष एवं अर्थमन्त्री डा. युवराज खतिवडा संयोजक रहेको छनौट समितिले भट्ट सहित डा. सरोज कोइराला र रामकृष्ण खतिवडाको नाम लगानी बोर्डको सिइओ नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गरेको थियो।
खतिवडाले समितिले भने उपसमितिले सिफारिस नै नगरेको भट्टलाई अन्तवार्ता सहभागी गराएको थियो।
" /> काठमाडौं। सरकारले भर्खरै नियुक्त गरेका लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील भट्टलाई तत्काल कामकाज गर्न रोक लगाएको छ।अयोग्य व्यक्तिलाई लगानी बोर्डको सिईओ नियुक्त गरेको र त्यसलाई बदर गर्नुपर्ने माग गर्दै साउन २६ गते उच्च अदालत पाटनमा रिट परेको थियो।

">