सर्लाही। हरिवन नगरपालिका-११ मा रहेको इन्दुशंकर चिनी उद्योग लिमिटेडले स्थापना भएयता यस वर्ष सबैभन्दा बढी उखु क्रसिङ गरेको छ।
उद्योगले यस वर्ष ४० लाख २० हजार क्वीन्टल उखु क्रसिङ गरेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए।
गत वर्ष २६ लाख १७ हजार क्वीन्टल उखु क्रसिङ गरेको उद्योगले केही वर्षअघि ३७ लाख ५० हजार क्वीन्टल उखु क्रसिङ गरेको थियो । उद्योग सञ्चालनताका ३० लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिइएको भए पनि भारतीय उखु तथा जिल्लाकै दक्षिणी क्षेत्रका उखु उत्पादक किसानको समेत इन्दुशङ्करप्रति नै आकर्षण बढेकाले क्रसिङ परिमाण बढी भएको उद्योगले बताएको छ।
चालु याममा जिल्लामा साढे २१ हजार हेक्टर क्षेत्रफलमा उखु खेती भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। अब उखु उत्पादन घट्ने आशंका बढेको उद्योगले बताएको छ।
सरकारले उखु उत्पादक किसानलाई स्थानीय तहमा दर्ता भएर आउन भनेपछि किसानको उखु उत्पादनप्रतिको आकर्षण घट्न सक्ने रजकले बताए। जिल्लाका १२ हजार ५७५ उखु उत्पादक किसानमध्ये कतिपयको आफ्नो जमीन नभएको र भाडामा लिएका जग्गाको सम्झौतापत्रसमेत नरहेका कारण उत्पादनमा कमी आउने उद्योगले बताएको हो।
स्थानीय तहमा दर्ता गर्न लालपूर्जा अथवा सम्झौतापत्र चाहिने र त्यस्ता किसानको सङ्ख्या कम रहेका कारण उखु उत्पादन घट्ने उद्योगले जनाएको छ।
सरकारले उखु उत्पादक किसानलाई स्थानीय तहमा अनिवार्य दर्ता गर्न भनेपछि किसान समस्यामा परेको उखु उत्पादक किसान मुकेश ठाकुरले बताए। अब उखु उत्पादनमा समेत १३ प्रतिशत करको व्यवस्था गरेकोले किसान चिन्तित देखिएको ठाकुरको भनाइ छ। रासस
" /> सर्लाही। हरिवन नगरपालिका-११ मा रहेको इन्दुशंकर चिनी उद्योग लिमिटेडले स्थापना भएयता यस वर्ष सबैभन्दा बढी उखु क्रसिङ गरेको छ।उद्योगले यस वर्ष ४० लाख २० हजार क्वीन्टल उखु क्रसिङ गरेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए।

">